Categories: बाल कथा

जंगलको ‘डिजिटल’ ध्यान


नन्दलाल आचार्य

​”ओई मुसो! तैँले यो के उपद्रो मच्चाएको; आकाश खस्न लाग्यो कि क्या हो ?” सुकेको रूखको ठुटामा बसेर आँखा चिम्लिरहेको मयूरले अचानक झस्कँदै सोध्यो।
कथा एउटा सानो तर हरियालीले भरिएको ‘शान्ति वन’ को हो । जहाँ २१ मे २०२५ को बिहान सबै मानवेतर प्राणीहरू एउटा विशेष मिशनमा थिए- ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ मनाउने।
वनका राजा सिंहले कडा उर्दी जारी गरेका थिए, “आज कसैले कसैलाई नझम्टिनु, आज केवल ध्यान र शान्ति मात्र हुनेछ ।”
​ घटना तब सुरु भयो जब एउटा खट्टिमुसो आफ्नो पुच्छरमा स्मार्टफोन बाँधेर ध्यान गर्न बस्यो । उसले युट्युबमा ‘५ मिनेटमा मोक्ष प्राप्ति’ भन्ने भिडियो बजाएको थियो, जसको चर्को आवाजले जङ्गलको सन्नाटा नै भङ्ग गरिदिएको थियो।
“हेर्नुस् न मयूर दाइ,” मुसो मुसुमुसु हाँस्दै भन्यो, “यो त नयाँ जमानाको ध्यान हो । मनलाई एकाग्र बनाउन गाह्रो भयो, त्यसैले ‘गाइडेड मेडिटेसन’ सुनेको नि !”
​त्यत्तिकैमा एउटा बूढो कछुवा बिस्तारै घिस्रिँदै आयो । उसले चश्मा मिलाउँदै भन्यो, “ए बाबु हो ! ध्यान भनेको त भित्र पस्ने कुरा हो, बाहिर हल्ला गर्ने कुरा होइन । तिमीहरू त ध्यानको नाममा फेसबुकमा फोटो हाल्न पोज दिइरहेका छौ।”
​भएको के थियो भने, बाँदरहरू ध्यान मुद्रामा बसेर सेल्फी खिचिरहेका थिए । भालु चाहिँ ध्यान गर्दागर्दै घुर्न थालेको थियो । खरायो यति छिटो ‘ध्यान’ गरेर उठिसकेको थियो कि उसलाई अर्को कामको हतारो भइसकेको थियो । सिंहले भने घाँसको गुन्द्रीमा बसेर ‘विश्व शान्ति र सद्भाव’ का लागि आँखा चिम्लेको स्वाङ पारिरहेको थियो, तर उसको ध्यान भने नजिकैको मृगको तिघ्रातिरै थियो।
एउटा सानो कमिलोले यो सबै तमाशा हेरिरहेको थियो । उसले खप्न नसकेर भन्यो, “सबैले ध्यानको नाटक त गरेछन्, तर कसैको मन सफा छैन । सिंह राजाको ध्यान शिकारमा छ, बाँदरको ध्यान लाइक र कमेन्टमा छ, अनि मुसोको ध्यान प्रविधिमा छ । यस्तो ढोंगले कसरी आउँछ विश्व शान्ति ?”
​जङ्गलको यो हास्यास्पद दृश्यले आजको आधुनिक समाजको तीतो यथार्थलाई व्यङ्ग्य गरिरहेको थियो । मानिसहरू जस्तै यी जनावरहरू पनि ध्यानको गहिराइभन्दा पनि यसको प्रदर्शनमा बढी रमाएका थिए।
​अन्त्यमा, सबै जनावरहरू लजाए । मयूरले आफ्नो प्वाँख खुम्च्यायो र मुसोले फोन बन्द गर्यो । कछुवाले मन्द मुस्कुराउँदै सबैलाई हेर्यो र वातावरण शान्त भयो।
​त्यही मौनताको बीचबाट कछुवाले अर्थपूर्ण शैलीमा भन्यो, “याद राख साथी हो, आँखा चिम्लेर संसार देखिनु ध्यान होइन, आँखा चिम्लेर आफ्नै अहङ्कार र स्वार्थ मेटिनु चाहिँ वास्तविक ध्यान हो ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

12 hours ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

12 hours ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

13 hours ago

बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार

सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…

13 hours ago

निधार

संजिता भट्टराई धनगढीमाई,सिरहा गाईगोठको भक्कारो सोहोर्दै गरेकी जुनेलीको कानमा कच्ची बाटोबाट गुन्जिएको ठूलो हाँसो ठोकिन…

2 days ago

“बाल दिवसको सन्देश”

कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…

2 days ago