Categories: बाल कथा

जंगलको ‘डिजिटल’ ध्यान


नन्दलाल आचार्य

​”ओई मुसो! तैँले यो के उपद्रो मच्चाएको; आकाश खस्न लाग्यो कि क्या हो ?” सुकेको रूखको ठुटामा बसेर आँखा चिम्लिरहेको मयूरले अचानक झस्कँदै सोध्यो।
कथा एउटा सानो तर हरियालीले भरिएको ‘शान्ति वन’ को हो । जहाँ २१ मे २०२५ को बिहान सबै मानवेतर प्राणीहरू एउटा विशेष मिशनमा थिए- ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ मनाउने।
वनका राजा सिंहले कडा उर्दी जारी गरेका थिए, “आज कसैले कसैलाई नझम्टिनु, आज केवल ध्यान र शान्ति मात्र हुनेछ ।”
​ घटना तब सुरु भयो जब एउटा खट्टिमुसो आफ्नो पुच्छरमा स्मार्टफोन बाँधेर ध्यान गर्न बस्यो । उसले युट्युबमा ‘५ मिनेटमा मोक्ष प्राप्ति’ भन्ने भिडियो बजाएको थियो, जसको चर्को आवाजले जङ्गलको सन्नाटा नै भङ्ग गरिदिएको थियो।
“हेर्नुस् न मयूर दाइ,” मुसो मुसुमुसु हाँस्दै भन्यो, “यो त नयाँ जमानाको ध्यान हो । मनलाई एकाग्र बनाउन गाह्रो भयो, त्यसैले ‘गाइडेड मेडिटेसन’ सुनेको नि !”
​त्यत्तिकैमा एउटा बूढो कछुवा बिस्तारै घिस्रिँदै आयो । उसले चश्मा मिलाउँदै भन्यो, “ए बाबु हो ! ध्यान भनेको त भित्र पस्ने कुरा हो, बाहिर हल्ला गर्ने कुरा होइन । तिमीहरू त ध्यानको नाममा फेसबुकमा फोटो हाल्न पोज दिइरहेका छौ।”
​भएको के थियो भने, बाँदरहरू ध्यान मुद्रामा बसेर सेल्फी खिचिरहेका थिए । भालु चाहिँ ध्यान गर्दागर्दै घुर्न थालेको थियो । खरायो यति छिटो ‘ध्यान’ गरेर उठिसकेको थियो कि उसलाई अर्को कामको हतारो भइसकेको थियो । सिंहले भने घाँसको गुन्द्रीमा बसेर ‘विश्व शान्ति र सद्भाव’ का लागि आँखा चिम्लेको स्वाङ पारिरहेको थियो, तर उसको ध्यान भने नजिकैको मृगको तिघ्रातिरै थियो।
एउटा सानो कमिलोले यो सबै तमाशा हेरिरहेको थियो । उसले खप्न नसकेर भन्यो, “सबैले ध्यानको नाटक त गरेछन्, तर कसैको मन सफा छैन । सिंह राजाको ध्यान शिकारमा छ, बाँदरको ध्यान लाइक र कमेन्टमा छ, अनि मुसोको ध्यान प्रविधिमा छ । यस्तो ढोंगले कसरी आउँछ विश्व शान्ति ?”
​जङ्गलको यो हास्यास्पद दृश्यले आजको आधुनिक समाजको तीतो यथार्थलाई व्यङ्ग्य गरिरहेको थियो । मानिसहरू जस्तै यी जनावरहरू पनि ध्यानको गहिराइभन्दा पनि यसको प्रदर्शनमा बढी रमाएका थिए।
​अन्त्यमा, सबै जनावरहरू लजाए । मयूरले आफ्नो प्वाँख खुम्च्यायो र मुसोले फोन बन्द गर्यो । कछुवाले मन्द मुस्कुराउँदै सबैलाई हेर्यो र वातावरण शान्त भयो।
​त्यही मौनताको बीचबाट कछुवाले अर्थपूर्ण शैलीमा भन्यो, “याद राख साथी हो, आँखा चिम्लेर संसार देखिनु ध्यान होइन, आँखा चिम्लेर आफ्नै अहङ्कार र स्वार्थ मेटिनु चाहिँ वास्तविक ध्यान हो ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

आमाको माया

मातातिर्थ औसीको उपलक्ष्यमा तुलसी पण्डित भैँसीले छट्पटीदै भुइमा पाडो खसाल्यो । पाडो खसेपछि भैँसी र्याल…

54 minutes ago

चरीको वियोग

मातृ औंसी विशेष राजन् कार्की धरान सुनसरी "रामरी बस ल !" माउले बचेरालाई सुम्सुम्याउँदै भनी।…

1 hour ago

“आशाको आँसु”

दुर्गा घिमिरे आज विद्यालयमा नतिजा प्रकाशित हुने दिन थियो। बिहानैदेखि विद्यालयको वातावरण निकै चहलपहलपूर्ण देखिन्थ्यो।…

1 hour ago

पहिलो वैशाख

निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको…

1 day ago

नयाँ वर्ष

रम्भा पौडेल “आज नयाँ वर्ष २०८३ हो । हरेक नायाँ वर्षले आशा , भरोसा र…

1 day ago

घुमन्ते जन राउटे

कृष्णशरण उपाध्याय पौडेल बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे निल्छन् पीडा व्यथा गाह्रा ,…

1 day ago