शशी अर्याल
टीकासँग जमरा
सजाएर शीरमा
हाँसीखुसी देखिए
काेही छैनन् पिरमा।
अँध्यारो त्याे काेठामा
मन्दिर र चाेटामा
पूजापाठ गरेर
राख्ने बीउ छरेर।
मकै र जाै अनेक
थरीथरी गनेत
उम्रिनेछन् सर्लक्क
मिलाउन जाने त।
नाै दिनकाे स्याहार
दशाैं दिन आएर
कति राम्राे भएकाे
शीरमाथि लाएर।
देवीकाे हाे प्रसाद
सुख शान्ति ल्याउने
दुःख पीडा भुलेर
सबैजना रमाउने।
प्रेमनारायण भुसाल शिक्षा केवल अक्षर चिन्ने र परीक्षा उत्तीर्ण गर्ने यान्त्रिक प्रक्रिया होइन। यो कुनै…
मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…
महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…
रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…