Categories: कविता

“जाऔँ ज्ञानको मन्दिर“

शोभा काफ्ले खतिवडा

ज्ञान सिक्न ज्ञानको मन्दिर जानु पर्छ साथी !
मायॉ गर्ने गुरु सबै बा,आमा जस्तै छन जाती !
ज्ञानी हुन,विद्वान हुन,असल मानिस पनि बन्न !
धेरै पढौँ,गरी खान र परिवार राम्रोसित पाल्न !

ठूला दाजु दिदी धेरै जाती र असल हुनु हुन्छ !
शिक्षक,शिक्षिका सबैले ज्ञान सिकाउनु हुन्छ !
पुस्तकमा लेखिएका कुरामा ज्ञान धेरै नै हुन्छ !
इमान्दार भै पढ्ने मानिस वैज्ञानिक नि हुन्छ !

स्कुलमा सबैसित खुबै मिलेर हामीले बस्नु पर्छ
झै झगडा गरी दुःख दिने बानी अब छाड्नु पर्छ
नजानेको र नबुझेको कुराहरु गुरुलाई सोधौँ
नेपाली र अङ्ग्रेजी अनि हिसाब,विज्ञान पढौँ!

पढी ,लेखी ,ज्ञानी बनी नाम कमाउनु पनि पर्छ !
आफ्नो देशको नाम राखी विश्व डुल्नु पनि पर्छ
खेलकुद ,ज्ञान,ध्यान,नाचगान गर्न अघी बढेर !
घरको काम पनि सिक्नु पर्छ स्वाभिमानी बनेर

गाऊँ,टोल छिमेकसित मिली जुली हामी बसौँ
विज्ञानकोपाटो चलाई ज्ञानका कुरा धेरै सिकौँ
अल्छी बानी कहिल्यै पनि गर्नु हुन्न है त साथी !
असल बनेर अन्तरिक्ष पनि चुम्न पुगिन्छ माथि !

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शैक्षिक क्षेत्र सुधारका सूत्र

प्रेमनारायण भुसाल नेपालको शिक्षा क्षेत्र लामो समयदेखि अस्थिर देखिँदै आएको छ । पञ्चायतकालीन शिक्षा ऐन…

22 hours ago

“जिन्दगी”

मकुन्द खनाल जिन्दगी हो अमुलरत्न बुझ्न कति गार्हो बुझी बुझी बुझ पचाई सहन चै गार्हो…

23 hours ago

सास्ती

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर "समयमै विचार नगर्दा दु:ख पाइने रहेछ ।" घनश्यामले भन्यो।…

23 hours ago

साग

रजनी खत्री प्रिय साग मुटुभरिकाे माया तिमीलाई आफ्नै सुकाेमल हातले , आफ्नो सानो करेसाबारीमा राेपेँ,गाेडेँ,…

2 days ago

अनौठो प्रेम

निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत माया, प्रेम भन्ने कुरा बुझ्न नै गाह्रो। खै कसैले…

2 days ago

“लक्ष्मी छोरी”

रमेश खकुरेल सानी नानी धेरै ज्ञानी छिन् आमाकी आँखाकी नानी छिन् बानी धेरै धेरै राम्रो…

2 days ago