Categories: Uncategorized

प्रज्ञान खास छ


रामप्रसाद पन्थी

उमेर सँगै वृद्धि र विकास् क्रमश हुँदै छ
उत्तर बाल अवस्था तिम्राे याैवन छुँदै छ।

कलम कापी लुगा र फाटाे जतन गर्दैनौ
अटेरी बनी झगडा गर्न पछाडि पर्दैनाै।

खाेजेर निहु दिदीका साथ जिस्किन्छाै चल्दछाै
दिदीले अर्ती दिदा नि चर्काे स्वरले बाेल्दछाै।

उमेर तिम्राे चञ्चले बानी समय यस्तै हाे
बिस्तारै अब शान्त र धैर्य बन्दै पाे जाने हाे।

दिदी र आमा हजुर आमा सबैकाे आश छ
बाबाकाे मन भन्दछ बाबू प्रज्ञान खास छ।

भन्दछ मनाे विज्ञान तिम्राे उमेर जिज्ञासु
सिर्जना शक्ति उमारी बन ज्ञानकाे पिपासु।

असल कर्म गरेमा सधैँ अगाडि बडिन्छ
भएमा ज्ञानी सबैकाे प्याराे मानिस भइन्छ।

इस्क्रिन सित गहिराे लत अब त छाड्ने कि
लगाव देऊ पढाइ सित उर्वर दिन यी।

याे जन्म तिम्राे प्रगति तर्फ सदैव लम्कियाेस्
प्रज्ञान ज्ञानी भनेर नाम चाैतर्फी चम्कियाेस्।

भएर जाऊन् हरेक तिम्रा मनका चाहना
दीर्घायु हुनू सुस्वास्थ साथ गर्दछु कामना।

दीपक हुनु कुलकाे बाबू यशस्वी बनेर
कदर गराेस् दुनिया सारा महान भनेर।

सारथि बाल पत्रिका

Recent Posts

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय

मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…

12 hours ago

नटालिने छिद्र

महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…

12 hours ago

मुकुण्डो

सालिक राम सत्याल बाँके ३खजुरा, हाल-मलेसिया हरिप्रसादको समाजसेवाको चर्चा गाउँदेखि सहरसम्म फैलिएको थियो। गरिबका पीडामा…

12 hours ago

अबला

फिराक गोर्खाली गुवाहाटी असम “होइन हो दाइ, तपाईँ कार्यक्रममा आउनुभएन त ?” “बहिनी, समय नै…

2 days ago

“कान्छो रमायो”

रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…

2 days ago

अबगाल

महेन्द्र नेउपाने लोकन्थली, भक्तपुर “आज नाति केटाले कम्ता गाल पारेन।” दसैँ मान्न घर आएको दस…

2 days ago