मुरारीराज मिश्र
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७
ठूलो मञ्चमा आसन ग्रहणकाे कार्यक्रम चल्दै थियोे।
चस्मा मिलाउँदै लिष्टमा आँखा गाडेर अतिथिको नाम बाेलाउनमा व्यस्त थिए उद्घाेषक।
उनले हरेक पटक नाम बाेलाउँदा दर्शक दीर्घाबाट तालीकाे आवाज आउँथ्यो।
आसनग्रहण गराउन पर्नेका संख्या लामै भएकाले दर्शकतिर हेर्ने फुर्सद थिएन उद्घाेषकलाई।
जब उनले अन्तिम आसन ग्रहणकर्ताकाे नाम लिए, तालीकाे आवाज सुनिएन ! तब छक्क पर्दै उनले दर्शक दीर्घातर्फ आँखा दाैडाए !
सभाहल खाली थियोे। सबै आगन्तुक मञ्चासिन देखिए!
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…