रमेशचन्द्र घिमिरे
“कनिकुथी गरेर
पुरै पाना भरेर
थाहा पायौ सविता ?
भाइले लेख्यो कविता”
“मैले पाना भरिनँ
साह्रै दुःख गरिनँ
मेरी दिदी सविता
तै नि लेखेँ कविता”
त्यसो भन्दा दाइले
यसो भन्यो भाइले
के हो त्यस्तो रमिता ?
कस्तो हो त्यो कविता ?
पढ्न धेरै नपर्ने
गाउन झनै नपर्ने
छक्क परिन् वविता
देखेपछि कविता
तीन पानाको हैन
तीन लाइनको नि छैन
तीन अक्षरमा लेखेछन्
दाइले बल्ल देखेछन्
कुरा बुझिसकेर
दङ्ग परिन् सविता
ठुल्दिदीको छोरीको
नाम रै’छ कविता।
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…