मनोहर पोखरेल
राजविराज ६, सप्तरी
“आज म उनलाई एक्कासी भेटेर सरप्राइज दिन्छु।” सोच्दै पुगेको थिएँ।
“भेटनासाथ अंगालो हाल्नेछन्। अझ बस्ने गरी आएको कुराले उनको भुईँमा खुट्टा हुने छैन।” मेरो मनमा यस्तै कुरा खेल्दै थिए।
सँगै बस्ने, सुत्ने, खाने, सुखदुःखका कुरा साझा गर्ने मनसायले सोझै पुगेको थिएँ।म्यासेन्जरमा हाम्रो कुराकानी नियमित हुन्थ्यो। तर भेटघाट नभएको दश वर्ष भएको थियो। उनकै शहरमा मेरो सरुवासँगै बढुवा भएर पुगेको थिएँ। उनी सरकारी कार्यालयमा हाकिम थिए। मेरो बढुवाको खुशीमा उनले पार्टी माग्ने वा दिने पक्का थियो।
कार्यकक्षमा पुग्दा उनी मोबाइलमा मस्किमस्की गफ गरिरहेका थिए।
“नमस्कार हाकिम साब।” मैले जिस्किँदै ध्यान मोड्न खोजेँ। मुन्टो उठाएर पुलुक्क हेरे। प्रतिक्रिया जनाएनन्। म्यासेन्जरमा टाइप गर्नमा व्यस्त देखिए। “एक छिन है, एउटा म्यासेजको जवाफ दिन्छु, अनि बात मारौँला।” उनलेे यतिसम्म भने।
“सँगैका साथी सिँहदरबार माथि!” यस्ता टुक्का र हिन्दीका शायरी दैनिक म्यासेन्जरमा पठाउने गर्थे। अब कार्यालय समय बाहेक घन्टौँ सँगै बसेर पुराना स्मृति ताजा गर्ने मौका पाइने भयो। यस्तै कल्पनामा रम्दै घन्टौँ बसेँ।
उनको अनुहार पढ्न र पुरानो साथी खोज्न थालेँ। उनी म्यासेन्जरमा अल्झिरहे। फोनमा लम्बेतान गफ गरिरहे। उनी कुनै बेला मुस्कुराउँथे, बेलाबेलामा अट्टाहास छाड्थे। कुर्दाकुर्दै कार्यालय समय सकियो। उनको चालकले गाडी तयार रहेको जानकारी दिए।
उनले निक्लँदै भने; “सरी पार्टनर! कुरै हुन पाएन। घर पुगेपछि म्यासेन्जरमा कुरा गर्छु नि है, बाई।”
मैले मोबाइल निकाले। उनको म्यासेञ्जर खोले र लेखे – “गुडबाई।”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…