मनोहर पोखरेल
राजविराज ६, सप्तरी

“आज म उनलाई एक्कासी भेटेर सरप्राइज दिन्छु।” सोच्दै पुगेको थिएँ।
“भेटनासाथ अंगालो हाल्नेछन्। अझ बस्ने गरी आएको कुराले उनको भुईँमा खुट्टा हुने छैन।” मेरो मनमा यस्तै कुरा खेल्दै थिए।
सँगै बस्ने, सुत्ने, खाने, सुखदुःखका कुरा साझा गर्ने मनसायले सोझै पुगेको थिएँ।म्यासेन्जरमा हाम्रो कुराकानी नियमित हुन्थ्यो। तर भेटघाट नभएको दश वर्ष भएको थियो। उनकै शहरमा मेरो सरुवासँगै बढुवा भएर पुगेको थिएँ। उनी सरकारी कार्यालयमा हाकिम थिए। मेरो बढुवाको खुशीमा उनले पार्टी माग्ने वा दिने पक्का थियो।
कार्यकक्षमा पुग्दा उनी मोबाइलमा मस्किमस्की गफ गरिरहेका थिए।
“नमस्कार हाकिम साब।” मैले जिस्किँदै ध्यान मोड्न खोजेँ। मुन्टो उठाएर पुलुक्क हेरे। प्रतिक्रिया जनाएनन्। म्यासेन्जरमा टाइप गर्नमा व्यस्त देखिए। “एक छिन है, एउटा म्यासेजको जवाफ दिन्छु, अनि बात मारौँला।” उनलेे यतिसम्म भने।
“सँगैका साथी सिँहदरबार माथि!” यस्ता टुक्का र हिन्दीका शायरी दैनिक म्यासेन्जरमा पठाउने गर्थे। अब कार्यालय समय बाहेक घन्टौँ सँगै बसेर पुराना स्मृति ताजा गर्ने मौका पाइने भयो। यस्तै कल्पनामा रम्दै घन्टौँ बसेँ।
उनको अनुहार पढ्न र पुरानो साथी खोज्न थालेँ। उनी म्यासेन्जरमा अल्झिरहे। फोनमा लम्बेतान गफ गरिरहे। उनी कुनै बेला मुस्कुराउँथे, बेलाबेलामा अट्टाहास छाड्थे। कुर्दाकुर्दै कार्यालय समय सकियो। उनको चालकले गाडी तयार रहेको जानकारी दिए।
उनले निक्लँदै भने; “सरी पार्टनर! कुरै हुन पाएन। घर पुगेपछि म्यासेन्जरमा कुरा गर्छु नि है, बाई।”
मैले मोबाइल निकाले। उनको म्यासेञ्जर खोले र लेखे – “गुडबाई।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

3 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

3 hours ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

1 day ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

1 day ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago