टीकाराम जाेशी
टीकापुर
बाटाेमा एकजना अधबैंसे सुटेड बुटेड मान्छेले बस राेकाए।
“आउनुस् सर! ”
“सीट छ ?”
“जत्तिपनि छ । आउनुस् न।ए भाई तिमी एक छिन यता बस त। स्कुले केटालाई उस्ले ड्राइभर छेउमा बस्न भन्यो।
खलासीले बसमा चढेकाे सुटेड बुटेड मान्छेलाई अगाडि बस्ने ठाउँ बनायाे।
एक छिनपछि दाैरा, सुरुवाल, टाेपी लाएका अधबैंसे मान्छेले साेधे “सिट छ बाबु ?”
“जत्तिपनि छ। ढिलाे हुन्छ ।छिटाे आउनुस्।”
उनी बसभित्र पसे।
“बाटामै नउभिनुस् बाजे। पछाडि जानुस् पछाडि।
“सिट खै त बाबु ?”
“पछाडि जानुस् न। अगाडिकाे मान्छे झरेपछि सिट पाइ हाल्नु हुन्छ।”
“आउनुस् सर।म उभिन्छु।”सुटेड बुटेड मान्छेले उहाँलाई आफ्नाे सिट देखाउँदै भन्याे ।
“लुगा हेरेर सानाे ठुलाे भन्ने छुट्याउनु गलत हाे।” पछाडिकाे सिटमा बसेका मानिसहरु आपसमा खासखुस गर्दै थिए।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…