टीकाराम जाेशी
टीकापुर
बाटाेमा एकजना अधबैंसे सुटेड बुटेड मान्छेले बस राेकाए।
“आउनुस् सर! ”
“सीट छ ?”
“जत्तिपनि छ । आउनुस् न।ए भाई तिमी एक छिन यता बस त। स्कुले केटालाई उस्ले ड्राइभर छेउमा बस्न भन्यो।
खलासीले बसमा चढेकाे सुटेड बुटेड मान्छेलाई अगाडि बस्ने ठाउँ बनायाे।
एक छिनपछि दाैरा, सुरुवाल, टाेपी लाएका अधबैंसे मान्छेले साेधे “सिट छ बाबु ?”
“जत्तिपनि छ। ढिलाे हुन्छ ।छिटाे आउनुस्।”
उनी बसभित्र पसे।
“बाटामै नउभिनुस् बाजे। पछाडि जानुस् पछाडि।
“सिट खै त बाबु ?”
“पछाडि जानुस् न। अगाडिकाे मान्छे झरेपछि सिट पाइ हाल्नु हुन्छ।”
“आउनुस् सर।म उभिन्छु।”सुटेड बुटेड मान्छेले उहाँलाई आफ्नाे सिट देखाउँदै भन्याे ।
“लुगा हेरेर सानाे ठुलाे भन्ने छुट्याउनु गलत हाे।” पछाडिकाे सिटमा बसेका मानिसहरु आपसमा खासखुस गर्दै थिए।
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…
लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…
अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…