दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

काठमाडौं । दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ । नाटक मेलाको राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले उद्घाटन गरे । फागुन २७ गतेसम्म हुने मेलामा देशभरका ११ वटा विद्यालयका नाटकहरु फाइनलमा पुगेका छन् ।

नाटक मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री विश्वकर्माले समाज पनि पञ्चतत्वबाट नै बनेकोले समाज समान ढंगले विकसित हुन पाँच नीति आवश्यक हुने बताए । ‘राजनीतिक नीति, आर्थिक नीति, सामाजिक नीति, धार्मिक नीति र सांस्कृतिक नीति, यी सबै नीति एकसाथ चल्नु पर्दछ ।’ तर अहिले सबैतिर राजनीतिक नीति मात्र हावी भएको भन्दै उनले भने । सबैतिर राजनीति हावी भएकाले समाजको एकनासको विकास हुन नसकिरहेको उनको भनाई छ ।

नाट्यकर्मी महासंघले आयोजना गरेको बालबालिकाहरुको नाटक मेलाले सामाजिक र सांस्कृतिक नीति सक्रिय बनाउन महत्वपूर्ण भुमिका खेल्नेमा आफु विस्वस्त रहेको पूर्वमन्त्री विश्वकर्माले जनाए ।

नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले बालबालिकाहरु संवेदनशील भएको तर, राज्यको आँखा बालबालिकामा पुग्न नसकेको जिकिर गरिन् । आजको बालबालिकाहरु नै भोलिको भविष्य भएको उल्लेख गर्दै न्यौपानेले बालबालिकाहरुलाई नाटकमा सहभागी गराउनु भनेको उनिहरुको प्रतिभा उजागर गर्नु मात्र नभै उनिहरुमा आत्मविश्वास विकास गर्नुपनि रहेको बताइन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्राज्ञ एवम् नाट्य विभाग प्रमुख हिसान मगरले देशको संस्कृतिले नै देशको वास्तविक मुहार देखाउने भएपनि त्यहीँनेर कमजोर भएको बताए । ‘बाहिर बसेर आलोचना गर्नु बेग्लै कुरा रहेछ, भित्र बसेर काम गर्नु बेग्लै कुरा रहेछ । अहिले संगीत तथा नाट्य एकेडेमीमा बसेर काम गर्दा यही महशुश गरिरहेका छौं ।’ उनले नाट्यकर्मी महासंघले गरेको कार्यक्रमलाई सहयोग गर्न इच्छुक रहेको बताए ।

सिल्क रोड ईन्टरनेशनल लिग अफ थिएटरका संस्थापक दीपक सरकारले नाट्यकर्मी महासंघले बाल नाटक मेलालाई निरन्तरता दिनु महत्वपूर्ण भएको उल्लेख गर्दै बालबालिकाको प्रतिभा प्रष्फुटनको लागि यस्ता मञ्चहरु निर्माण गर्नु र त्यसलाई निरन्तरता पनि चुनौतीपूर्ण रहेको बताए । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले रंगमञ्च र चलचित्र क्षेत्रका कलाकारहरु पेशागत रुपमा पीडित भएको उल्लेख गर्दै पेशागत अधिकारका लागि नाट्यकर्मी र चलचित्रकर्मीहरुको एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभापति नाट्यकर्मी महासंघका अध्यक्ष राजेन्द्र रिमालले बाल नाटक मेलाको माध्यमबाट असल, चेतनायुक्त नागरिक र समाज निर्माणको लागि पहल गरेको बताए । उनले भने,‘गत वर्ष ग¥यौं तपाईहरुले साथ दिनुभयो, हौसला दिनुभयो, हामी पनि हौस्यौं र फेरि पनि आयोजना गर्यौँ ।’ नेपाली नाट्यकर्ममा धेरै समस्याहरु रहेपनि नाट्यकर्मीहरु एकताबद्ध नभएको कारणले समस्या जुन कानसम्म पुग्नुपर्ने हो त्यहाँसम्म पुग्न नसकेको उनको धारणा छ ।

नाटक मेलाको उद्घाटन सत्रमा ग्लाडस्टोन एकेडेमी भक्तपुरको प्रभाकर न्यौपानेले निर्देशन गरेको नाटक ‘गीता’ को मञ्चन गरियो । गीतामा बैदेशिक रोजगारीमा विदेशीएको बाबु सम्पर्क विहिन भएपछि परिवार माथि आइपरेको समस्या समाधान गर्न गरिएको संघर्षलाई उतारिएको छ । बाल नाटक मेलालाई नेपाल टेलिकम, आलिशान फर्निचर वल्र्ड, क्याम्ब्रिज काठमाडौं, नेपाल मेडिकल कलेज, नेपाल एयरलाइन्स, एभरेष्ट बैंक, फरवार्ड माइक्रोफाइनान्स, इजि केयर, सारा इन्टरनेशनल एयरहोस्टेज एकेडेमीले प्रायोजन गरेका छन् । निजी तथा आवासीय विद्यालयहरुको अर्गनाइजेशन प्याब्सन नेपालको सह–आयोजनामा बाल नाटक मेला भइरहेको छ ।

सारथि बाल पत्रिका

Recent Posts

“प्रथमआषाढ”

शोभा कोइराला तातो हावा अतिशय भयो रोकिने छाँट छैन आषाढैको प्रथम दिनमै खोज्न केही हुँदैन…

21 hours ago

इन्द्रेणी बेलुन

मौसमी चंद्रा पटना बिहार गाउँको छेउमा एउटा सानो घर थियो, जहाँ मीरा बस्थी। ऊ सात…

22 hours ago

प्रभाव

दुर्गा घिमिरे लागूपदार्थ सेवन र यसको असरबारे सचेतना कार्यक्रम चलिरहेको थियो। विभिन्न वक्ताहरूले लागूपदार्थको दुष्प्रभावबारे…

22 hours ago

“प्वाल परेकाे माेजा”

प्रमाेद नेपाल "बाबा ! हजुरकाे र मेराे माेजा उस्तै ।" नातिनीकाे कुरा सुनेर धनबहादुर जिल्ल…

2 days ago

“बालकको खेल्ने रहर”

शान्ति भण्डारी दाहाल बुद्धनगर काठमाण्डौँ ऋतु र वर्षा दिदी भाइ थिए । ऋतुले भाइ वर्षालाई…

2 days ago

पैसा

दुर्गा घिमिरे "बा निकै बिरामी हुनुहुन्छ। डाक्टरले तुरुन्तै अप्रेशन गर्नुपर्छ भनेका छन्। कम्तीमा पचास हजार…

3 days ago