“धान दिवस”


लक्ष्मी न्यौपाने
सत्यवती ६ गुल्मी

सभ्यता र  सँस्कृतिको बढाइ पहिचान
प्रतिष्ठालाई  जोगाउने मुख्यबाली धान।

सिमसार कुनादेखि हिमालको काख
चाडपर्व संस्कारमा चाहिने तिम्रो साथ।

परनिर्भर हुनुभन्दा आत्मनिर्भर जाती
खेतीसँग गाँसिएको सम्बन्ध होस् साथी।

कृषिसँग जोडिनेको संख्या बढ्दै जाओस्
दुई छाक खान मानो बाँड्न सक्ने दिन आओस्।

नीति नियम बन्दै जाओस् उत्पादन मुखी
समृद्धशाली देश बनोस् हुन पाउँ खुसी।