सुरेशकुमार पाण्डे
दाङ घोराही १८
“यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !”-राधाले आफ्नि छोरी संगिता तर्फ मोबाइल सर्काउँदै भनिन्। “पख्नुहोस् एकछिन्।”-उसले आमातिर हेर्दै भनी। उ मोबाइल छोपेर अलिबेर उभिइ । “पहिले यसलाई ठिक गर्देउन त नानी !” राधाले फेरी विनम्र साथ भनिन्। तर उसले नसुनेको जस्तै गरी। उ फरक्क फर्केर आफ्नो कोठामा आइ र एकछिन चुपचाप बसी। “संगिता खालि भएपछि बोलाउनु”-राधाले आवाज दिएर भनिन्। घरमा काम गर्न थालिन।अलिबेरसम्म उसको कुनै प्रतिकृया आएन। उनी फेरी उसैको रूममा गइन अहिले ऊ गृहकार्य गर्न छाडेर कसैसँग च्याट गर्दै थिई। “नानी खैत मेरो मोबाइल ठिक गर भनेको ?”- राधाले भनिन्। “ओहो मम्मी म खालिनै भएकी छैन। अनि हजुरको मोबाइल किन दिनदिनै। खराब हुन्छ ?”- संगिताले उल्टै राधासङ्ग प्रश्न गरी। ” यही कारणले थाहा भएको भए,यसमा यो खराब छ भन्ने मलाई जानकारी भएको भए तिमीलाई किन भन्थे र आफैँ ठिक गरिहाल्थेँ नि।”-राधा पनि अलिक रिसाए झैंँ गरिन। “लिनुहोस् भयो ! यत्ति पनि नजान्ने हजुरलाई केहीपनि थाहा छैन !”- संगिताले गर्धन बटार्दै भनी। राधा मोबाइल उठाएर चुपचाप गइन र एकछिन पछि । “नानी एकछिन यहाँ आउ त ?”- राधाले संगितालाई बाहिर बोलाइन। “अब फेरी के भयो ?”- संगिताले बाहिर आएर भनी। राधाको हातमा बाल्टी थियो।” छोरी मेरो हातमा अचानक के भयो चल्दैन ऊ पाडो लगाएकी छु छिट्टै भैँसी दोहु त नानी !”- राधाले एउटा हातले आर्को हात छोप्दै भनिन्। ” मैले भैँसी कसरी दुहुने ? म सक्दिन।”-उसले आफ्नो नाक मुख कुच्चाउँदै भनी। “अहिले भित्र त आफूलाई सर्वोपरि ठानेकी थिइस् त अब के भयो ?”-राधाले बाल्टी उठाएर भैँसी गोठमा जाँदै भनिन्।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…