Categories: बाल कथा

रक्तदान


राजु क्षत्री अपुरो

जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए। बेला बेलामा मिटिङ्ग गर्दथे र आ आफ्ना समस्याका समाधान गर्दथे।
यसै क्रममा सिकार गर्न गएको जङ्गलको राजा सिंह एकाएक बेहोस भयो। उसलाई नजिक रहेको अस्पतालमा लगियो। डाक्टरले राजाको शरीरमा रगतको कमी भएको बताउँदै तत्काल रगत उपलब्ध गराउन भने । सिंहको रगत कसैसँग पनि मेल खाएन। सबै जनावरहरू निराश भए।


उसैबेला केही राता राता शरीर लिएका जुकाहरू लडिबुडी खेल्दै आए। सिंहका सहयोगीहरूले यथार्थ बताएपछि उनीहरू सबैले आ -आफ्नो शरीरबाट रगत निकालेर दिन तयार भए। जाँच गर्दा सबैको रगतको समूह मिल्न गयो। रगत पाएर सिंह बाँच्यो। सबै खुशीले गद्गद् भए । सिंहले तत्कालै कार्यक्रम गरेर सम्मान र पुरस्कार दियो।
जुकाहरूलाई दोहोरो फाइदा मिलेको थियो । तर सिंहलाई त्यो रगत आफ्नै थियो भन्ने हेक्का नै थिएन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

9 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

9 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago