राजु क्षत्री अपुरो
जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए। बेला बेलामा मिटिङ्ग गर्दथे र आ आफ्ना समस्याका समाधान गर्दथे।
यसै क्रममा सिकार गर्न गएको जङ्गलको राजा सिंह एकाएक बेहोस भयो। उसलाई नजिक रहेको अस्पतालमा लगियो। डाक्टरले राजाको शरीरमा रगतको कमी भएको बताउँदै तत्काल रगत उपलब्ध गराउन भने । सिंहको रगत कसैसँग पनि मेल खाएन। सबै जनावरहरू निराश भए।
उसैबेला केही राता राता शरीर लिएका जुकाहरू लडिबुडी खेल्दै आए। सिंहका सहयोगीहरूले यथार्थ बताएपछि उनीहरू सबैले आ -आफ्नो शरीरबाट रगत निकालेर दिन तयार भए। जाँच गर्दा सबैको रगतको समूह मिल्न गयो। रगत पाएर सिंह बाँच्यो। सबै खुशीले गद्गद् भए । सिंहले तत्कालै कार्यक्रम गरेर सम्मान र पुरस्कार दियो।
जुकाहरूलाई दोहोरो फाइदा मिलेको थियो । तर सिंहलाई त्यो रगत आफ्नै थियो भन्ने हेक्का नै थिएन।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…