Categories: बाल कथा

प्रविधि


फिराक गोर्खाली
असम

“तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि ओछ्यानमा फोन हेर्दै लडेका छौ।”
बुढाले नाति-नातिनीलाई कराए।
नाति-नातिनीबाट कुनै जवाफ नआएको देखेर भने, “छातीमा र सिरानीनजिक फोन राखेर सुत्न हुँदैन, थाहा छैन ?”
यसपालि मायाले बुझाउने प्रयास गरे, तर विफल भए। आफ्नो कोठातिर लागे।
“होइन बुढी, यो नाति-नातिनीहरूले कति फोन चलाएको! दिनभरि घोप्टो मुन्टो लगाएर बस्छन्, अरू केहीसँग वास्ता गर्दैनन्।”
“है! चुप लागेर सुत न, बुढा।” बुढी कराइन्।
“नानीहरूलाई बुझाउन छैन, तिमी चाहिँ मलाई मात्र कराउँछौ।”
“नानीहरूलाई प्रविधिको प्रकोपदेखि कसरी बचाउनुहोला, यही चिन्ता लाग्छ।” बुढाले लामो सास फेरे।
“तपाईँ धेरै नबोल्नुहोस्।”
“बुढा ओ बुढा ! कहाँ मोबाइल फोनको भिडियो बन्द नगरेर निदाउनुभएको ? यत्रो ठूलो भोल्युममा अरूलाई डिस्टर्ब हुन्छ, होस् छैन?”
बुढी कराएको सुनेर बुढो हतपत उठे। फोन बन्द गरेर सिरानीमुनि राखे।
एउटा समय यस्तो पनि थियो, जब पढ्दा-पढ्दै तपाईँ छातीमा किताब राखेर निदाउनुहुन्थ्यो।”
भनेर बुढी अर्कोतिर कोल्टे पर्न साथै बुढाले सुटुक्क सिरानीमुनिबाट फोन निकाले।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

9 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

9 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago