फिराक गोर्खाली
असम
“तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि ओछ्यानमा फोन हेर्दै लडेका छौ।”
बुढाले नाति-नातिनीलाई कराए।
नाति-नातिनीबाट कुनै जवाफ नआएको देखेर भने, “छातीमा र सिरानीनजिक फोन राखेर सुत्न हुँदैन, थाहा छैन ?”
यसपालि मायाले बुझाउने प्रयास गरे, तर विफल भए। आफ्नो कोठातिर लागे।
“होइन बुढी, यो नाति-नातिनीहरूले कति फोन चलाएको! दिनभरि घोप्टो मुन्टो लगाएर बस्छन्, अरू केहीसँग वास्ता गर्दैनन्।”
“है! चुप लागेर सुत न, बुढा।” बुढी कराइन्।
“नानीहरूलाई बुझाउन छैन, तिमी चाहिँ मलाई मात्र कराउँछौ।”
“नानीहरूलाई प्रविधिको प्रकोपदेखि कसरी बचाउनुहोला, यही चिन्ता लाग्छ।” बुढाले लामो सास फेरे।
“तपाईँ धेरै नबोल्नुहोस्।”
“बुढा ओ बुढा ! कहाँ मोबाइल फोनको भिडियो बन्द नगरेर निदाउनुभएको ? यत्रो ठूलो भोल्युममा अरूलाई डिस्टर्ब हुन्छ, होस् छैन?”
बुढी कराएको सुनेर बुढो हतपत उठे। फोन बन्द गरेर सिरानीमुनि राखे।
एउटा समय यस्तो पनि थियो, जब पढ्दा-पढ्दै तपाईँ छातीमा किताब राखेर निदाउनुहुन्थ्यो।”
भनेर बुढी अर्कोतिर कोल्टे पर्न साथै बुढाले सुटुक्क सिरानीमुनिबाट फोन निकाले।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…