लता के. सी.
तीनकुने,काठमाडौँ
“भविष्यमा गएर तिमीहरू को को, के के बनेर के कस्तो काम गर्नेछौ ?” कक्षामा गुरूले सबैलाई साझा प्रश्न सोध्नु भयो।
कक्षामा प्रवेश गर्नासाथ गुरुले विद्यार्थीहरुलाई नयाँ प्रयोगवादको अवधारणा र इतिहास रच्ने पहिलो व्यक्तिहरुको बारेमा बताउनु भएको थियो । उत्सुक भएर विद्यार्थीहरूले पनि ध्यानले सुनेका थिए।
विद्यार्थीको मानसिकता बुझ्न गरेको प्रश्नबारे रोहितले भन्यो, “गुरु , म त विज्ञान विषय पढ्छु । अहिलेसम्म कसैले नगरेको नयाँ वस्तुको खोजी गर्नेछु ।”
कविले भन्यो, “मलाई त साहित्य मन पर्छ । यस क्षेत्रमा कसैले नगरेको नयाँ प्रयोग गर्नेछु ।”
सबै विद्यार्धीले कुनै नयाँ नयाँ खोज र अनसन्धान गर्ने , नयाँ प्रयोग गरेर प्रसिद्धि कमाउने आआफ्नो विचार पोखे।
गुरुले सबैलाई भन्नु भयो, “इच्छाशक्ति र साधना भयो भने संसारमा असम्भव केही छैन । सबैको आआफ्नो इच्छा पूरा होओस् भनेर आशीर्वाद दिन्छु ।”
अनायास गुरुको नजर अमरमाथि पर्यो । ऊ चूपचाप लागेर सबैका कुरा सुनिरहेको थियो । गुरुले उसलाई सोध्नु भयो, “अमर, तिमी चाहिँ के गर्छौ नि ?”
उसले गम्भीर भएर भन्यो, “गुरु ! नायक हुन कुरा होइन, काम गर्नु पर्छ । म काम गरेर मात्र देखाउनेछु ।”
प्रेमनारायण भुसाल शैक्षिक पात्रो व्यवस्थित गर्ने उद्देश्यले प्रवीणता प्रमाणपत्र तहलाई विश्वविद्यालयबाट विस्थापन गरी विद्यालयमा १०…
लालबहादुर भुजेल अध्यक्ष,चाँगुनारायण साहित्यिक समाजर,भक्तपुर धेरै पढनु, धन कमाउँनु भन्थे टिकाे लाउँदा । झल्झल्ती सम्झन्छु…
कृष्णशरण उपाध्याय पौडेल जे जस्ता शुभ कर्म गर्छ जन ले , नाशिन्न कैल्यै पनि जो…