लता के. सी.
तीनकुने,काठमाडौँ

“भविष्यमा गएर तिमीहरू को को, के के बनेर के कस्तो काम गर्नेछौ ?” कक्षामा गुरूले सबैलाई साझा प्रश्न सोध्नु भयो।
कक्षामा प्रवेश गर्नासाथ गुरुले विद्यार्थीहरुलाई नयाँ प्रयोगवादको अवधारणा र इतिहास रच्ने पहिलो व्यक्तिहरुको बारेमा बताउनु भएको थियो । उत्सुक भएर विद्यार्थीहरूले पनि ध्यानले सुनेका थिए।
विद्यार्थीको मानसिकता बुझ्न गरेको प्रश्नबारे रोहितले भन्यो, “गुरु , म त विज्ञान विषय पढ्छु । अहिलेसम्म कसैले नगरेको नयाँ वस्तुको खोजी गर्नेछु ।”
कविले भन्यो, “मलाई त साहित्य मन पर्छ । यस क्षेत्रमा कसैले नगरेको नयाँ प्रयोग गर्नेछु ।”
सबै विद्यार्धीले कुनै नयाँ नयाँ खोज र अनसन्धान गर्ने , नयाँ प्रयोग गरेर प्रसिद्धि कमाउने आआफ्नो विचार पोखे।
गुरुले सबैलाई भन्नु भयो, “इच्छाशक्ति र साधना भयो भने संसारमा असम्भव केही छैन । सबैको आआफ्नो इच्छा पूरा होओस् भनेर आशीर्वाद दिन्छु ।”
अनायास गुरुको नजर अमरमाथि पर्यो । ऊ चूपचाप लागेर सबैका कुरा सुनिरहेको थियो । गुरुले उसलाई सोध्नु भयो,  “अमर, तिमी चाहिँ के गर्छौ नि ?”
उसले गम्भीर भएर भन्यो, “गुरु ! नायक हुन कुरा होइन, काम गर्नु पर्छ । म काम गरेर मात्र देखाउनेछु ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

20 hours ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

21 hours ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

21 hours ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

2 days ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

2 days ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

2 days ago