Categories: बाल कथा

छिमेकी


जानकी कर्माचार्य
हरिसिद्वि, ललितपुर

“सुन साथीहररू अब हामीहरू भविष्य बनाउन विदेश तिर लाग्ने भएका छौँ ।”
नरेशको कुरा सुनेर भरत बोल्यो “अनि के त, ठिक्कै छ नि त !”
“केही दिन फुर्सतमा रमाइलो गरौँ, अनि आ-आफ्नो बाटो लागौँ ।” चन्द्र पनि बोल्यो । यी तीनैजना साथीहरू खुबै मिल्दथे । नरेशको घरको उत्तर तिर चन्द्रको अनि दक्षिण तिर भरतको घर छ । यिनीहरू एक प्रकारले छिमेकी नै छन् । बाह्र कक्षाको पढाइ सकेर तीनैजनाले उच्चशिक्षा हाँसिल गरेर वैज्ञानिक बन्ने सोच राखेका छन्।
“रमाइलो साथै केही आविष्कार गरौँ”
नरेशको कुराले दुबै अलमल परे।
“होस् आ के गरिराख्ने, नगरौँ।” दुबै एकैसाथ बोले।
नरेश फेरि बोल्यो “पछिलाई अनुभव पनि हुन्छ आज यसो गरी हेरौँन् !” भनेर सम्झाईबुझाई गरेर आफूले ल्याएको टुक्राटाक्री फलाम र स्टिल देखायो।
तीनैजना मिलेर सल्लाह गरेर सियो बनाए। सबभन्दा बढी काम नरेशले गर्यो । चन्द्रले सियोको फेदमा धागो छिराउने प्वाल बनायो।
“यो सियो धागो जस्तै हामी पनि मिलेर बसौँ है !” भन्दै तीनैजना खुशी भए।
“तर एउटा काम त बाँकी छ नि, कसले बनाएको नाम त राख्नु प्रर्यो” चन्द्र बोल्यो।
तर भरतले ‘बनाउने भरत ‘ लेखेर छिमेकीको धर्म पूरा गरिसकेछ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

9 hours ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

9 hours ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

1 day ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

1 day ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

2 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

2 days ago