जानकी कर्माचार्य
हरिसिद्वि, ललितपुर
“सुन साथीहररू अब हामीहरू भविष्य बनाउन विदेश तिर लाग्ने भएका छौँ ।”
नरेशको कुरा सुनेर भरत बोल्यो “अनि के त, ठिक्कै छ नि त !”
“केही दिन फुर्सतमा रमाइलो गरौँ, अनि आ-आफ्नो बाटो लागौँ ।” चन्द्र पनि बोल्यो । यी तीनैजना साथीहरू खुबै मिल्दथे । नरेशको घरको उत्तर तिर चन्द्रको अनि दक्षिण तिर भरतको घर छ । यिनीहरू एक प्रकारले छिमेकी नै छन् । बाह्र कक्षाको पढाइ सकेर तीनैजनाले उच्चशिक्षा हाँसिल गरेर वैज्ञानिक बन्ने सोच राखेका छन्।
“रमाइलो साथै केही आविष्कार गरौँ”
नरेशको कुराले दुबै अलमल परे।
“होस् आ के गरिराख्ने, नगरौँ।” दुबै एकैसाथ बोले।
नरेश फेरि बोल्यो “पछिलाई अनुभव पनि हुन्छ आज यसो गरी हेरौँन् !” भनेर सम्झाईबुझाई गरेर आफूले ल्याएको टुक्राटाक्री फलाम र स्टिल देखायो।
तीनैजना मिलेर सल्लाह गरेर सियो बनाए। सबभन्दा बढी काम नरेशले गर्यो । चन्द्रले सियोको फेदमा धागो छिराउने प्वाल बनायो।
“यो सियो धागो जस्तै हामी पनि मिलेर बसौँ है !” भन्दै तीनैजना खुशी भए।
“तर एउटा काम त बाँकी छ नि, कसले बनाएको नाम त राख्नु प्रर्यो” चन्द्र बोल्यो।
तर भरतले ‘बनाउने भरत ‘ लेखेर छिमेकीको धर्म पूरा गरिसकेछ।
दुर्गा घिमिरे "बा निकै बिरामी हुनुहुन्छ। डाक्टरले तुरुन्तै अप्रेशन गर्नुपर्छ भनेका छन्। कम्तीमा पचास हजार…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ मोबाइल हेर्ने बानीले दिक्कै पारिन् नानीले किताब पढ्न हुन्न र ?…
डा छायादत्त न्यौपाने फर्की आऊ युवा तिमी बाँझो खेत भन्छ श्रम गरे हात चले घरै…