दुर्गा घिमिरे

“बा निकै बिरामी हुनुहुन्छ। डाक्टरले तुरुन्तै अप्रेशन गर्नुपर्छ भनेका छन्। कम्तीमा पचास हजार लाग्छ रे!” ​साँझ ओछ्यानमा परेका बा र आमाबीचको यो गनगन सुनेर कक्षा १० मा पढ्ने रमेशको मनमा चिसो पस्यो। घरको आर्थिक अवस्था उनलाई राम्ररी थाहा थियो। ​भोलिपल्ट विद्यालय जाँदा रमेशको दिमागमा एउटै कुरा खेलिरह्यो— ‘बालाई कसरी बचाउने?’ उसले विगत केही वर्षदेखि विद्यालयमा खाजा खानका लागि आमाले दिएको पैसा नकाटी विद्यालय नजिकैको बाल बचत खातामा जम्मा गर्दै आएको थियो। साथीहरूले उसलाई कयौँ पटक गिज्याउँथे, “यो रमेश कस्तो कञ्जूस! कहिल्यै खाजा पनि खाँदैन। नयाँ लुगा पनि लाउँदैन।” तर रमेश कसैको कुरा सुन्दैनथ्यो। ऊ पुरानै भए पनि सफा लुगा लगाएर विद्यालय आउँथ्यो। ​विद्यालय छुट्टी भएपछि रमेश सिधै बैंक पुग्यो। खातामा चालीस हजार रुपैयाँ जम्मा भइसकेको रहेछ। उसले सबै रकम निकाल्यो। अझै पाँच हजार पुगिरहेको थिएन। उसले रुँदै आफ्ना प्यारो शिक्षक राहुलसरलाई घरको समस्या सुनायो। रमेशको इमानदारिता र अवस्था देखेर गुरुले तुरुन्तै आफ्नो तर्फबाट पाँच हजार रुपैयाँ सहयोग थपिदिनुभयो। ​साँझपख रमेश खुसी हुँदै घर पुग्यो र आमाको हातमा पैंतालीस हजारको बिटो राखिदियो। ​त्यत्रो पैसा देखेपछि आमा छाँगाबाट खसेजस्तै हुनुभयो। उहाँले अत्तालिँदै सोध्नुभयो, “बाबु! यत्रो पैसा कहाँबाट ल्याइस् ? कतै गलत काम त गरिनस् ?” ​रमेशले मुस्कुराउँदै आमाको हात समात्यो र भन्यो, “होइन आमा, यो मैले खाजा नखाई बाल बचतमा जम्मा गरेको पैसा हो। केही गुरुले सहयोग गर्नुभयो। अब बाको अप्रेशन हुन्छ।” ​छोराको कुरा सुनेर आमाका आँखाबाट आँसुका ढिक खसे। उहाँले रमेशलाई छातीमा बाँधिन्। छोराको यो सानो त्यागले आज बाको जिन्दगी जोगिने भएको थियो। यो भन्दा ठुलो त्याग केही पनि थिएन ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

13 hours ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

13 hours ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

2 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

2 days ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

3 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

3 days ago