Categories: बाल कथा

“सिकाई”


“अनिमेष” निलम कुमार पौड्याल
बागलुङ, हाल लण्डन

“हैन एकछिन् किताब छोपेर पढ्न बस् न !” कति कराउन पार्छस् हँ ! आमाको बारम्बारको आग्रह पछि कक्षा सातमा पढ्ने उद्धव मन नमनाइँ–मनाएझैँ गर्दै किताब छोपेर लामो हाई काड्यो।
गाउँबाट झरेकी सर्मिला ढोकैबाट मुस्कुराउँदै भित्र पसिन्।
उद्धव हातमा किताब बोकेर बसिरहेको देखेपछि उनले प्रशंसाको हल्का गन्ध फालिन्-“छोरो त निकै ज्ञानी रहेछ नि राधिका ।”
राधिकाले स्वर झन् उचालेर भनिन्-“मेरो छोरोको के कुरा गर्नु !अहिले सम्म दोस्रो भएको छैन । क्लासमा सधैँ फस्ट! उसले नजानेको त के हि छैन,पाहुना सर्मिला मुस्कुराउँदै मन्टो हल्लाईरहिन्।
एकैछिनमा स्कुल जाने बेला भयो ,माथिको कोठाबाट आवाज आयो-मम्मी! स्कुल जाने बेलाभयो, खान पस्किदिनुहोस्!”
खान त भान्सामै थियो, तर उध्दवले कहिल्यै आफै पस्किएर खाएको छैन। खाना खाईसकेपछि कोठामा पुगेर छोरो थनथनाउन थाल्यो- “मेरो टाई कहाँ छ? पाइन्ट पनि भेटिन्न !
“बाबा!”-उद्धव फेरि चिच्चायो।
बाबाले सबै काम छोडेर टाई मिलाइदिए, कपाल कोरिदिए, किताव झोला टिफिन बोतल ठिक्क बनाईदिए। कोठाबाट तल झर्न नपाउँदै उद्धव पुन: चिच्चायो— “मम्मी ! जुताको तुना बाँधिदिनुस् न ! अवेर भैसक्यो” उता बैठक कोठामा राधिकाले सर्मिलाको अगाडि छोराको गुणगान गाएर अझै सकेकी थिईनन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

2 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago