टीकाराम जाेशी
इमाडोल
“छाेरी! कति ढिलो गरेकाे तिमीले? छिटाे तयार हुनु पर्दैन ? बस आउने बेला भइसक्यो।” आमा भान्साबाट कराइन्।
“कपाल भर्खरै काेरेर सकेँ आमा! लुगा लाउनै बाँकी छ। ” अर्काे काेठाबाट छाेरी बाेलेकाे सुनियाे।
छाेरीलाई डाक्टर बनाउने उनकाे सपना थियो । उनले आफ्नी एक्ली छाेरीलाई शहरकाे खर्चिलो स्कूलमा भर्ना गरेकी थिइन्। शहरमा घरबाट खाजा लग्नेभन्दा पैसा लग्ने चलन छ। शहरमा क्यान्टिन नभएकाे स्कूल नै हुँदैन। बिहानकाे खाना खुवाउने समेत गर्छन् भन्ने उनलाई थाहा नभएकाे हाेइन। तरपनि उनले छाेरीलाई टिफिन लग्न सधैँ कर गर्थिन्।
“अघि पनि लुगा लाउँदै छु भन्थ्याै । अहिले सम्म भएन ?
पछि हतार हुन्छ अनि खाना नखाएरै दाैडिन्छेस्। दिउसाेकाे खाजा बनाइ दिएकी छु। जाँदाखेरि लग्न नबिर्सिनु।” आमा अलि नरम बनेकी थिइन्।
“स्कूलमा सर मेडमले हामीलाई लाइनमा उभ्याएर एकएक गरि हेर्छन्। याे रिबन बानेकाे तरिका मिल्या छैन । कपाल मिल्या छैन। लाइन मिल्या छैन। ध्यान दिनु पर्दैन । लुगामा आइरन गरेकाे खै ? भनेर गाली गर्छन् अनि लट्ठी पनि देखाउन्छन्। अनि त लुगा लाउन ,कपाल काेर्न , जुत्ता ,माेजा मिलाउन समय लागिहाल्छ नि।” छाेरीकाे स्पष्टिकरण आयाे। स्पष्टिकरणले अभिभावकत्वलाई जगाएछ।
“कुरा गर्याे कुरैकाे दु:ख ! बरु राम्रोसँग हाेमवर्क जाँचेर यहाँनिर यस्ताे गल्ति गरिस् , यसलाई यसरी गर्नुपर्छ भनेर सच्याइ दिएकाे भए हुन्थ्यो नि । तिम्रो कापीमा सच्याएकाे , सुझाव लेखेकाे मैले पाइन त ! काम कुरो एकातिर कुम्लो बाेकी ठिमीतिर।” आमाले सुनाइन्।
इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
View Comments
Your article helped me a lot, is there any more related content? Thanks!