Categories: बाल कथा

निरन्तर मूल्याङ्कन


टीकाराम जाेशी
इमाडोल

“छाेरी! कति ढिलो गरेकाे तिमीले? छिटाे तयार हुनु पर्दैन ? बस आउने बेला भइसक्यो।” आमा भान्साबाट कराइन्।
“कपाल भर्खरै काेरेर सकेँ आमा! लुगा लाउनै बाँकी छ। ” अर्काे काेठाबाट छाेरी बाेलेकाे सुनियाे।
छाेरीलाई डाक्टर बनाउने उनकाे सपना थियो । उनले आफ्नी एक्ली छाेरीलाई शहरकाे खर्चिलो स्कूलमा भर्ना गरेकी थिइन्। शहरमा घरबाट खाजा लग्नेभन्दा पैसा लग्ने चलन छ। शहरमा क्यान्टिन नभएकाे स्कूल नै हुँदैन। बिहानकाे खाना खुवाउने समेत गर्छन् भन्ने उनलाई थाहा नभएकाे हाेइन। तरपनि उनले छाेरीलाई टिफिन लग्न सधैँ कर गर्थिन्।
“अघि पनि लुगा लाउँदै छु भन्थ्याै । अहिले सम्म भएन ?
पछि हतार हुन्छ अनि खाना नखाएरै दाैडिन्छेस्। दिउसाेकाे खाजा बनाइ दिएकी छु। जाँदाखेरि लग्न नबिर्सिनु।” आमा अलि नरम बनेकी थिइन्।
“स्कूलमा सर मेडमले हामीलाई लाइनमा उभ्याएर एकएक गरि हेर्छन्। याे रिबन बानेकाे तरिका मिल्या छैन । कपाल मिल्या छैन। लाइन मिल्या छैन। ध्यान दिनु पर्दैन । लुगामा आइरन गरेकाे खै ? भनेर गाली गर्छन् अनि लट्ठी पनि देखाउन्छन्। अनि त लुगा लाउन ,कपाल काेर्न , जुत्ता ,माेजा मिलाउन समय लागिहाल्छ नि।” छाेरीकाे स्पष्टिकरण आयाे। स्पष्टिकरणले अभिभावकत्वलाई जगाएछ।
“कुरा गर्याे कुरैकाे दु:ख ! बरु राम्रोसँग हाेमवर्क जाँचेर यहाँनिर यस्ताे गल्ति गरिस् , यसलाई यसरी गर्नुपर्छ भनेर सच्याइ दिएकाे भए हुन्थ्यो नि । तिम्रो कापीमा सच्याएकाे , सुझाव लेखेकाे मैले पाइन त ! काम कुरो एकातिर कुम्लो बाेकी ठिमीतिर।” आमाले सुनाइन्।

सारथि बाल पत्रिका

View Comments

  • Your article helped me a lot, is there any more related content? Thanks!

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

20 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

20 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago