गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ
जाडो भए पनि म पढ्न छोड्दिनँ
उन्नतिको शिखरमा चढ्न छोड्दिनँ।
आगो बाली मकलमा पढ्न गर्छु सुरु
निकालेर किताबकापी लेख्छु खुरुखुरु।
सिरकमा गुटुमुटु हुन्छु कुनै बेला
अल्छी बनी अन्धकारको पर्नु छैन फेला।
गाम्मगुम्म लुगा लगाई धेरै जाडो छेक्छु
बाहनालाई पन्छाएर आफ्नो भाग्य लेख्छु।
दु:ख गर्न जाने मात्रै सुख होला साथी
जाडो जति पन्छाएर पढ्नु हुन्छ जाती।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…