Categories: कविता

“प्रभात”


गणेश आत्रेय
मदनपोखरा,पाल्पा

झुल्के ती रवि लौ प्रभातमा;
झल्के ती हिमशैल साथमा।
झर्दैछन् छहरा पहाडमा;
बग्दैछन् नद खोँचखाँचमा॥

गानामा अति मस्त छन् चरा;
नाच्दैछन् रसिला मनोहरा।
फक्रे ती सब मञ्जरीहरू;
हाँसे ती वन पालुवाहरू॥

बास्नाको रमिता छ बागमा;
मौरी छन् भ्रमरा छ साथमा।
हाँस्दै ती चपला उठी सजे;
द्यौताका मठ शङ्ख ती बजे॥

धर्तीका सब जीव-जङ्गम;
खोला ताल नदी र सङ्गम।
पाखा लेक गरा अधित्यका;
हाँस्दैछन् सब ती उपत्यका॥

नारी वा नर कर्ममा जुटे;
अल्छी ती शुभकार्यमा छुटे।
गर्नै पर्छ विचार मर्मले;
जुट्नै पर्छ विवेक धर्मले॥

मीठो सौर्य छर्यो बिहानले;
कालो रात हट्यो प्रकाशले।
मस्तीमा सब जीव-जन्तु छन्;
ठानी धन्य प्रभात मख्ख छन्॥

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

1 day ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

1 day ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

1 day ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

2 days ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

2 days ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

2 days ago