Categories: कविता

“सानी”


सरिता पराजुली
चन्द्रागिरि-१५,काठमाडाैं

गड्याङ् गुडुङ् गर्दै बादल
बर्साउँछ पानी
खुसी हुँदै रमाउँछे
धरतीकी सानी।

माटाेसँग खेल्छे सधैँ
माटाेमै रमाउँछे
प्रेम सद्भाव बर्साएर
धर्ती सजाउँछे।

कहिले झर्छे बेँसीतिर
कहिले लेक चढ्छे
कर्मयाेगी बनी सधैँ
कर्ममै रम्दछे।

खेतभरि लहलह
धान झुलाउँछे।
पाखा बारी सबैतिर
मकैं लगाउँछे।

लटरम्म फलेकाछन्
थरीथरी फल
मेहनती पाैरखी छ
राख्छे मलजल।

आँगनका डिलभरि
सयपत्री फूल
आँखा लाेभी मन पापी
भँवराका हुल।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

1 hour ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

2 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

2 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago