Categories: बाल कथा

“प्वाल परेकाे माेजा”


प्रमाेद नेपाल

“बाबा ! हजुरकाे र मेराे माेजा उस्तै ।”
नातिनीकाे कुरा सुनेर धनबहादुर जिल्ल पर्याे र साेध्याे, “कसरी मेरी नातिनी ?”
“हजुरकाे माेजामा पनि प्वाल छ मेराेमा पनि । अझ हजुरकाे त दुवै माेजामा ।”
“तिम्रो माेजामा कहाँ छ प्वाल मेरी प्यारु ?” धनबहादुरले जिस्केर साेध्याे।
“ई ! यहाँ छ नि बाबा ! ” उसकाे माेजा चाहिँ उध्रिएकाे रैछ।
नातिनीकाे कुरा सम्झेर गम्भीर भयाे।
हिजाे जागिरे हुँदा कहिले पनि च्यातेकाे माेजा नलगाएकाे धनबहादुरले झन पाहुना आएकाे बेला नातिनीले च्यातेकाे माेजा तर्फ ओैँला देखाउँदा उसलाई रुनु न हाँस्नु भयाे।
पाहुनाकाे प्रस्थान लगत्तै उसले माेजा फुकालेर एकातिर राख्याे र अब देखि कहिले नलाउने भन्दै फ्याक्न राखि दियाे।
धनबहादुर एउटा अवकासप्राप्त खरिदार हुन्। ऊ इमानदार थियाे। इमानदार खरदारकाे हविगत कस्ताे हुन्छ सबैले थाहा पाएकै कुरा हाे।
एकछिन पछि ऊ मन्दिर दर्शन गर्न हिँड्याे। मन्दिरमा गएर जुत्ता खाेल्ने ठाउँमा पुरानाे साथी भेट्याे। दुवैले जुत्ता खाेले। धनबहादुरकाे खुट्टामा माेजा थिएन तर पुरानाे साथीकाे माेजाबाट भने ओैँला चिहाइरहेकाे थियाे। त्याे देखेर धनबहादुर मुसुक्क हाँस्याे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

8 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

8 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

1 day ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

1 day ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

3 days ago