प्रमाेद नेपाल
“बाबा ! हजुरकाे र मेराे माेजा उस्तै ।”
नातिनीकाे कुरा सुनेर धनबहादुर जिल्ल पर्याे र साेध्याे, “कसरी मेरी नातिनी ?”
“हजुरकाे माेजामा पनि प्वाल छ मेराेमा पनि । अझ हजुरकाे त दुवै माेजामा ।”
“तिम्रो माेजामा कहाँ छ प्वाल मेरी प्यारु ?” धनबहादुरले जिस्केर साेध्याे।
“ई ! यहाँ छ नि बाबा ! ” उसकाे माेजा चाहिँ उध्रिएकाे रैछ।
नातिनीकाे कुरा सम्झेर गम्भीर भयाे।
हिजाे जागिरे हुँदा कहिले पनि च्यातेकाे माेजा नलगाएकाे धनबहादुरले झन पाहुना आएकाे बेला नातिनीले च्यातेकाे माेजा तर्फ ओैँला देखाउँदा उसलाई रुनु न हाँस्नु भयाे।
पाहुनाकाे प्रस्थान लगत्तै उसले माेजा फुकालेर एकातिर राख्याे र अब देखि कहिले नलाउने भन्दै फ्याक्न राखि दियाे।
धनबहादुर एउटा अवकासप्राप्त खरिदार हुन्। ऊ इमानदार थियाे। इमानदार खरदारकाे हविगत कस्ताे हुन्छ सबैले थाहा पाएकै कुरा हाे।
एकछिन पछि ऊ मन्दिर दर्शन गर्न हिँड्याे। मन्दिरमा गएर जुत्ता खाेल्ने ठाउँमा पुरानाे साथी भेट्याे। दुवैले जुत्ता खाेले। धनबहादुरकाे खुट्टामा माेजा थिएन तर पुरानाे साथीकाे माेजाबाट भने ओैँला चिहाइरहेकाे थियाे। त्याे देखेर धनबहादुर मुसुक्क हाँस्याे।
शान्ति भण्डारी दाहाल बुद्धनगर काठमाण्डौँ ऋतु र वर्षा दिदी भाइ थिए । ऋतुले भाइ वर्षालाई…
दुर्गा घिमिरे "बा निकै बिरामी हुनुहुन्छ। डाक्टरले तुरुन्तै अप्रेशन गर्नुपर्छ भनेका छन्। कम्तीमा पचास हजार…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ मोबाइल हेर्ने बानीले दिक्कै पारिन् नानीले किताब पढ्न हुन्न र ?…
डा छायादत्त न्यौपाने फर्की आऊ युवा तिमी बाँझो खेत भन्छ श्रम गरे हात चले घरै…