हेमराज अधिकारी
सिक्किम
माघे जाडो। पातपातमा शीत टल्किँदो, घरभित्र च्याङ्ग्लो तान्दै सेतीले भनी।
“ए पासाङ, पेटारे बाख्रो बेचेर भए नि एउटा सिरक ल्याउँ है?”
सेतीको आवाजमा भन्दा कापिरहेकोे शरीरमा धेरै पीडा थियो।
पासाङले सेतीलाई कुममा थामेर बिस्तारै भन्यो। “हतार नगर सेती। पोहोर सिरक बाँड्दा त टायल्स ओछ्याउनेले सबै झिके। यो वर्ष त हामीलाई पनि पर्ला नि, नाम लेखिएको छ।”
दिउँसो गाउँभरि खबर उड्यो। ‘ठण्डी सहयोग’ आजै आइपुग्छ रे।
सेती–पासाङ ढोकैमा कुरेर कुकुरझैँ बसिरहे। नाम पढिँदै जाँदा मन पनि धड्किँदै गयो।
तर अन्त्यमा कर्मचारीले कागज पल्टाएर भन्यो। “छुटेका घर त थिएनन् है!”
सूचीमै नपरेको जस्तो गरी कतै नाम पढिएन। सेतीको आँखामा पानी टम्म भरियो।
“ए पासाङ, गरिबको घर त कहिल्यै देखिँदैन त ?”
पासाङ पनि निःशब्द । भित्तामा झुन्डिएको पुरानो खुकुरीजस्तै मौन र थन्किएको ।
साँझ पर्न लागेको बेला अकस्मात् दुई कर्मचारी घरअगाडि देखिए। “माफ गर्नु है बाजे! पुरानो सूची नै ठिक रहेछ। तपाईँहरूको त नाम छुटेको रहेछ।”
उनले हातैमा दुईटा नयाँ सिरक थमाइदिए। सेती–पासाङ एकछिन एक–आपसलाई हेरे।
जाडो उस्तै थियो, तर मनभित्र चाहिँ अचकाली घाम फाटेजस्तो उज्यालो छायो।
गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…
View Comments
Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.com/join?ref=IHJUI7TF