सागर
संस्कृत साहित्य एक महासागर हो, जहाँ अनेक रत्नहरू पाइन्छन् । ती रत्नहरूमध्ये महाकवि कालिदासको विशिष्ट स्थान छ। उनलाई संस्कृत साहित्यको पर्यायका रूपमा सजिलै लिन सकिन्छ । संस्कृत साहित्यका महान् प्रतिभा आदिकवि वाल्मीकिले जुन रूपमा सफलता पाएका छन् त्यही सफलताको शिखरमा विश्वकविका रूपमा महाकवि कालिदास पनि स्थापित भएका छन् ।
कालिदासको जन्म लगभग २०५० वर्ष अगाडि भारतको उज्जैनमा भएको हो भन्ने विश्वास गरिएको छ । कालिदासको पारिवारिक परिचय पाउन सकिएको छैन । उनी महामूर्ख थिए भन्ने किंवदन्ती प्रचलित छ । सामान्य परिवारमा जन्मिएका, लेख पढको वातावरण नपाएका र मुख्र्याई गर्ने भएका कारणले उनलाई महामूर्ख भनिएको हुन सक्छ।
उनी कतिसम्म महामूर्ख थिए रे भने रूखका हाँगाका टुप्पातिर आफू बसेर फेदतिर काटी त्यसलाई ढाल्न तम्सिएका थिए भन्ने भनाइ छ । यस्तो मूर्ख बालक पछि गएर संस्कृत साहित्यको महाकवि भएर विश्वकविका रूपमा संसारमा प्रख्यात होला भनेर त्यसबेला कसैले कल्पनासम्म पनि गर्न सक्दैनथ्यो । “हुने हार दैव नटार” यो भनाइ उनका जीवनमा चरितार्थ भएको पाइन्छ।
विद्योत्तमा नामकी एउटी राजकुमारी अत्यन्त विदुषी थिइन् । उनमा विद्वताको निकै घमन्ड पनि थियो । यसैले राजकुमारीको सेखी झार्न मन्त्रीहरूले उनको विवाह महामूर्ख कालिदाससँग गराइदिए । त्यही घटनाले कालिदासको जीवनमा परिवर्तन ल्यायो।
विद्योत्तमासँगको वार्तालापमा उनले ‘उष्ट्र’ शब्दको उच्चारण गर्न नजानेर बारम्बार ‘उट्र उटू’ भने । त्यस्तो अशुद्ध उच्चारण गरेका आधारमा कालिदास पत्नीबाट अपमानित हुनुपरेको थियो । पत्नीको तिरस्कार उनलाई प्रेरणा बन्यो। उनी विद्याको भोकले ‘भौंतारिए र कालीका भक्त भए । कालीका मन्दिरमा जिब्रो काटेर अर्पण गर्न उद्यत भएको देखेर काली प्रसन्न भई उनलाई विद्याको वरदान दिइन् । कालीका दास भएका आधारमा नै उनको नाम पनि कालिदास रह्यो । कालिदास नामले नै उनले संस्कृत भाषामा अनमोल साहित्यिक कृतिहरूको रचना गरे।
महाकवि कालिदासले श्रव्यकाव्य र दृश्यकाव्य दुवैमा समानरूपले सफलता हासिल गरेका छन् । श्रव्यकाव्य र दृश्यकाव्य गरी काव्यका दुई भेद मानिन्छन् । श्रव्यकाव्यमा कविता वा काव्य पर्दछ भने दृश्यकाव्यमा नाटक पर्दछ। ‘कुमारसम्भव’, ‘रघुवंश’, ‘ऋतुसंहार’, ‘शृङ्गारतिलक’, ‘मेघदूत’ महाकवि कालिदासका प्रसिद्ध श्रव्यकाव्य हुन् भने ‘विक्रमोर्वशीय’, ‘मालविकाग्निमित्र’ र ‘अभिज्ञान शाकुन्तलन् उनका दृश्यकाव्य हुन् । उनका श्रव्यकाव्यहरूलाई पनि महाकाव्य र खण्डकाव्यका रूपमा वर्गीकरण गर्न सकिन्छ ।’कुमारसम्भव’ र ‘रघुवंश’ महाकाव्य अनि ‘ऋतुसंहार’,’शृङ्गारतिलक’ र ‘मेघदूत’ खण्डकाव्य हुन् । महाकवि कालिदासका खण्डकाव्यहरूलाई गीतिकाव्यका रूपमा पनि लिन सकिन्छ।
कालिदासका यी कृतिहरूमा मानवीय जीवनको यथार्थ वर्णन छ । मानवीय मूल्य र जीवनका शाश्वत पक्षहरूको चित्रण छ र यिनमा मान्छेको उज्यालो पक्षको कामना गरिएको छ । यस्ता वर्णनमा उनको कला अत्यन्त तिक्खर बन्न पुगेको छ र शैलीगत माधुर्यका दृष्टिले उनी अत्यन्त सम्मानयोग्य कविका रूपमा स्थापित हुन पुगेका छन्।
महाकवि कालिदासका रचनाहरूमा “सत्यम्, शिवम्, सुन्दरम्” को भावना पाइन्छ । उनका साहित्यिक रचनामा मनोविज्ञानको पनि प्रयोग भएको पाइन्छ । उनी प्रकृतिप्रेम र शृङ्गारलाई साहित्यको विषयवस्तु बनाएर अभिव्यक्त गर्नमा असाध्यै सिपालु थिए। महाकवि कालिदासले उनका प्रत्येकः साहित्यिक कृतिहरूमा उपमा अलङ्कारलाई सफल रूपमा प्रयोग गरेका छन् । त्यसैले नै “उपमा कालिदासस्य” भन्ने भनाइ प्रसिद्ध रहेको छ।
महाकवि कालिदासका कृतिहरूं आज विश्वका सबै प्रमुख भाषामा अनुवाद गरिएका छन् । उनका साहित्यिक रचनाहरू विश्व साहित्यका अनमोल कृति मानिन्छन् । साहित्यका अध्येताहरू उनीप्रति सम्मान गर्दै उनका कृतिहरूको सगौरव अध्ययन गर्दछन्। यही नै महाकवि कालिदासप्रति पाठकहरूबाट गरिएको ठूलो सम्मान हो।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…
View Comments
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.com/es-MX/register?ref=GJY4VW8W