कृष्णशरण उपाध्याय पौडेल
छन्द : लोकलय
बन्दिपुर को टुँडिखेल मा हावा सरर
चन्द्र – सूर्य अङ्कित हाम्रो झण्डा फरर
रानी वन को हरियाली शयौँ चरीवरी
आँखा चोर्ने मुटु फोर्ने बन्दिपुरे परी
पहाड की रानी हेर्दा मनै हरर
बन्दिपुर को टुँडिखेल मा हावा सरर
उकाली र ओराली मा हिँडदै वारिपारि
पिठिउँ मा डोको भारी गर्दै खेतबारी
जिउ भरि पसिना का धारा तरर
बन्दिपुर को टुँडिखेल मा हावा सरर
छोरी थिए बिहे गरी गए आफ्नै ठाउँ
छोरा थिए उडी गए दु:ख के बताऊँ ?
गाउँले का गीत सुन्दा आँशु बरर
बन्दिपुर को टुँडिखेल मा हावा सरर
यो माटा को हावापानी नवै – रङ्ग छर्ने
प्रकृति को खानी बनी जोश जङ्ग भर्ने
गोर्खाली को आँट देख्दा शत्रु थरर
बन्दिपुर को टुँडिखेल मा हावा सरर
बन्दिपुर को टुँडिखेल मा हावा सरर
मुटु भरि नेपाल को झण्डा फरर।
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…