बिन्दु पौड्याल वस्ती
झमझम पर्यो पानी
अब कसरी जानी
छाता घरमै छैन
छत्रीले मात्रै ओत्दैन
पलास्टिक प्वाल परेछ
स्याखुको पात सरेछ
घुम किन्नु जानु छ
के गर्ने दोमन भको छ
छैन अहिले सजिलो
खर्च साह्रै बोझिलो
पहिले पानी परदा
जसोतसो चलाउॅदा
वल्लोपल्लो घर
फर्किदा भिज्ने डर
खोजी कर्कलो पात
राखी आफ्नै सिरमाथ
कहिले जुटको बोरा
ओढ्थे बाबु छोरा
घरमा के छ खोज
सानो मान्छे रोज
एउटै मात्र छाताको
आउने थिएन पालो
बेलैमा छाता नपाउॅदा
भाइको मुख कालो
सधैं पानी आउॅदैन
धेरै पिर लाउॅदैन
पानीमा घरै बसौँ
बिनाकाम नभिझौँ।
श्रोतः नेपाली बालसाहित्य
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…