बिन्दु पौड्याल वस्ती
झमझम पर्यो पानी
अब कसरी जानी
छाता घरमै छैन
छत्रीले मात्रै ओत्दैन
पलास्टिक प्वाल परेछ
स्याखुको पात सरेछ
घुम किन्नु जानु छ
के गर्ने दोमन भको छ
छैन अहिले सजिलो
खर्च साह्रै बोझिलो
पहिले पानी परदा
जसोतसो चलाउॅदा
वल्लोपल्लो घर
फर्किदा भिज्ने डर
खोजी कर्कलो पात
राखी आफ्नै सिरमाथ
कहिले जुटको बोरा
ओढ्थे बाबु छोरा
घरमा के छ खोज
सानो मान्छे रोज
एउटै मात्र छाताको
आउने थिएन पालो
बेलैमा छाता नपाउॅदा
भाइको मुख कालो
सधैं पानी आउॅदैन
धेरै पिर लाउॅदैन
पानीमा घरै बसौँ
बिनाकाम नभिझौँ।
श्रोतः नेपाली बालसाहित्य
रञ्जुश्री पराजुली खेतीको बेला आमा है रोपछिन् मकै र भटमास हरिया मकै रमाई खानछन् भनेर…
इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…