टीका सिवाकोटी आचार्य
टेक्सास अमेरिका
“हजुरले बुबाको खुट्टा धोएर पानी किन खाइरहेको आमा ?” सानी छोरीले सोधी।
“लोग्ने मान्छे भनेको भगवान हुन रे!” तीजको व्रत बसेर बुबाको पूजा गरि खुट्टा धोएर पानी खाइरहेकी आमाले भनिनन्। व “देखिस् ! बैनी छोरा मान्छे छोरी भन्दा धेरै ठुला हुन, तिमीहरूका भगवान हौँ हामी छोरा मान्छेहरू। छोरी मान्छेहरूले छोरा मान्छेहरुको खुट्टाको पानी खानुपर्छ बुझिस् ? “छोराले गर्वसाथ भन्यो।
खिन्न हुँदै बुबाको छेउमा आएर छोरीले सोधी “बुबा मैले पनि ठुली भएर तपाईँ जस्तै केटा भगवानको खुट्टाको पानी खानुपर्छ हो ? केटा र केटी बराबर हुन्न् र , किन ?”
छोराको केटी मान्छे प्रतिको बुझाई र छोरीले आफुप्रति देखाएको हिन भावना देखेर बुबाको मन भारी भएर आयो।
“तीज हाम्रो संस्कृति हो, तर यस भित्र रहेको बिभेदलाई हटाएर संस्कृतिलाई जोगाउनु पर्छ !” बुबा तिर हेरेर डराउँदै आमाले भनिन।
बुबाले जुरूक्क उठेर पाउँमा पूजा गरिरहेकी आमालाई अंगालो हालेर भने -“तिम्रो स्थान खुट्टामा होइन , तिमी र म अर्धनारीश्रवर हौ !”
इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…
ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…
रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…
श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…