‘बाबाको झोला’


श्रीधर भण्डारी

स्कुलबाट आउँदा हेर्छन् सधैँ झोला।
बाबा आज के के खाने कुरा होला ?

टाढाबाट आउँदा राख्न हुन्न झोला
बाबा आज के के खाने कुरा होला ?

बजार गई आउँदा पनि हेर्छन् झोला।
बाबा आज के के खाने कुरा होला ?

घुमी आउँदा सधैँ हेर्छन् त्यही झोला।
बाबा आज के के खाने कुरा होला ?

आज फ़ेरि हेर्छन् बाबाको त्यो झोला।
भन्छन् छोराछोरी खाने कुरा होला ।।