ललिता ‘दोषी’
बुद्धनगर, काठमाडौँ
बिच्छ काँडा पाहिलै पिच्छे
झर्छ आँसु थोपा
माया र सम्मानको
भयौँ सधैँ भोका।
बिच्छ काँडा….
सडक बालक भन्दा सबले
टुक्रिन्छ है छाती
पाएदेखि बाल अधिकार
टेक्छौँ शिखरमाथि।
बिच्छ काँडा…..
अरूलेझैँ स्कुलमा
जाँन मन लाग्छ
मीठोचोखो हामीलाई नि!
खान मन लाग्छ ।
बिच्छ काँडा….
नटुक्रियाउनु हाम्रो मुटु
दिनु लौ अधिकार
नपरोस् है रुन हामीले
अब बारम्बार।
बिच्छ काँडा…..
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…