Categories: बाल कथा

“फेरि आन्दोलन नहोस्”


रमेन्द्र कोइराला
इनरुवा-९,बबिया,सुनसरी

“हजुरआमा ! म यो संस्थागत भ्रष्टाचार टुलुटुलु हेरेर बस्न सक्दिन ।” नातिले बिहानको खाना खाएर हात मुख चुठ्दै आक्रोश पोख्यो।
“कस्तो भ्रस्टाचार बाबू ? ” भित्र धसेका आँखाले नातिलाई हेर्दै हजुरआमाले भनिन् ।
“नेताहरूले सुशासन कायम गरेनन् । माथिदेखि तलसम्म भ्रस्टाचार छ । भ्रष्टाचारले देश बन्धक भैसकेको छ।” नाति अझै आक्रोसमै थियो।
“के गर्छस त बाबू ? नेताहरू फटाहा भइगए । हामी के गर्न सक्छौँ र ?”
“अब हाम्रो जेन्जी पुस्ताले गर्छ हजुरआमा । हाम्रो आन्दोलन गर्ने सहमति भैसकेको छ ।” रहस्य खोले झैं नातिले मुख खोल्यो।
“तँ पनि जान्छस त बाबू , मलाई एक्लै छाडेर ।” हजुरआमाको मुख अँध्यारो भयो।
“तपाईँको मुहार हँसाउन नै जान आँटेको हजुरआमा । किन मुख अँध्यारो बनाउनु हुन्छ ?” नातिले सान्त्वना दिन खोज्यो।
“तेरो बुवा पनि यसै भन्थ्यो । देशमा निरङ्कुसता छ , कूशासन छ ,भ्रस्टाचार छ , नेपाल आमाको अनुहार हँसाउनु पर्छ भनेर आन्दोलनमा गएको थियो । तर कहिले फर्केन । पिरले तेरी आमा मरी । जतनले तँलाई हुर्काएको छु । अब तँ पनि जान्छस त ?” हजुरआमाको आँखामा आँसु आयो।
“देशको लागि ज्यानको बलिदान दिन पनि तयार छु हजुरआमा । मलाई नरोक्नुहोस अब ।” नातिले दृढ़ विश्वासका साथ भन्यो । हजुरामाले धेरै रोक्न खोजिन् तर नाति मानेन।
अन्त्यमा उनले यो पनि फर्केला कि नफर्केला जस्तो गरी पीडामिश्रित आवाजमा भनिन् -” जा बाबू जा तर यस्तो आन्दोलन गरेस् कि फेरि देशमा कुनै आन्दोलन गर्नु नपरोस् ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

3 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

1 day ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

1 day ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago