Categories: बाल गीत

“बाल गीत”

मीरा काफ्ले पोखरेल

फलेदो फुलेको
कति राम्रो खुलेको
धुसुर र असुरो
कानलै भरी सुइरो
सिरु पाउलिए खाउँला
ऐंसेलु छोडाउँला
फलेदो फुलेको…..।
किन्मुको छैन बासना
कनकचम्पा मगमगाउँला
इन्द्रकमल असारमा
सयपत्री कात्तीकमा
मखमली र दूबोले
भाइको गला सजाउँला
भीमसेन पाती कति राम्रो
स्वस्थानीलाई चढाउँला
फलेदो फुलेको…।

सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

3 days ago