Categories: कविता

“बुद्ध”


गंगा खड्का

तिमीजस्ता संसारमै को होला र ज्ञानी
संसारलाई सुख दियौ दु: खको जड जानी
भौतिक सुख सयल तिमीलाई भयो भारी
घर छोड्यौ जड वस्तुको माया पनि मारी।

कति दिन भोको बस्यौ नखाएर अन्न
आत्मबल दरो रहेछ त्यतिबेला धन्न
वनवन भौँतारियौ नमानेर डर
जति विघ्न आएपनि फर्किएनौ घर ।

कोही आए धम्काउन काट्छु मार्छु भन्दै
कोही आए प्रलोभनमा पार्ने बाटो खन्दै
तिमी भने मुस्कानका साथ डटी मात्रै रह्यौ
संसारकै अगाडि महान् मान्छे भयौ।

दु: खबाट संसारलाई लगाउन पार
कहीँ कतै अल्मलिँदै मानेनौ नि डर
आफ्नो काममा लागिरह्यौ बनी शूरवीर
त्यही भएर संसारमै पार्यौ उच्च शिर।

पहिलायौ दु: खकाबाट मुक्ति पाउने पथ
सजिलो भयो सबैलाई हाँक्न जीवन रथ
सत्य , शान्ति , अहिंसाको सिकायौ नि पाठ
दु: ख जति हटाउन सिँगो संसारबाट।

संसारलाई दियौ तिमीले दिव्य ज्ञान
लोभलालच गर्नुहुन्न भन्दै पार्यौ भान
संसारबाट असत्यलाई घुँडा टेकायौ
त्यागी बनी आफ्नो नाम सर्वत्र लेखायौ ।

बूढानीलकण्ठ , काठमाडौँ

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

21 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

21 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

4 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

4 days ago