गंगा खड्का
तिमीजस्ता संसारमै को होला र ज्ञानी
संसारलाई सुख दियौ दु: खको जड जानी
भौतिक सुख सयल तिमीलाई भयो भारी
घर छोड्यौ जड वस्तुको माया पनि मारी।
कति दिन भोको बस्यौ नखाएर अन्न
आत्मबल दरो रहेछ त्यतिबेला धन्न
वनवन भौँतारियौ नमानेर डर
जति विघ्न आएपनि फर्किएनौ घर ।
कोही आए धम्काउन काट्छु मार्छु भन्दै
कोही आए प्रलोभनमा पार्ने बाटो खन्दै
तिमी भने मुस्कानका साथ डटी मात्रै रह्यौ
संसारकै अगाडि महान् मान्छे भयौ।
दु: खबाट संसारलाई लगाउन पार
कहीँ कतै अल्मलिँदै मानेनौ नि डर
आफ्नो काममा लागिरह्यौ बनी शूरवीर
त्यही भएर संसारमै पार्यौ उच्च शिर।
पहिलायौ दु: खकाबाट मुक्ति पाउने पथ
सजिलो भयो सबैलाई हाँक्न जीवन रथ
सत्य , शान्ति , अहिंसाको सिकायौ नि पाठ
दु: ख जति हटाउन सिँगो संसारबाट।
संसारलाई दियौ तिमीले दिव्य ज्ञान
लोभलालच गर्नुहुन्न भन्दै पार्यौ भान
संसारबाट असत्यलाई घुँडा टेकायौ
त्यागी बनी आफ्नो नाम सर्वत्र लेखायौ ।
बूढानीलकण्ठ , काठमाडौँ
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…