शोभा कोइराला
कसैलाई भुटी माम कसैलाई सादा
कसैलाई थोरै थोरै कसैलाई ज्यादा
बुझ्नुपर्छ भान्सेनानी यति सानो बाधा
एक मुठी पकाउँदा कत्ति हुन्न धावा।
कोही भन्छन् विलिनोले बनाउँछ हिरो
कोही भन्छन् नुन खोइ कतातिर हिँडो
कसैलाई चाम्रोचाम्रो कसैलाई गिलो
एउटालाई पिरो अर्कोलाई नपिरो।
कोही चाहिँ टमाटर अत्यधिक खाने
कोही उही टमाटर झिकी पर फाल्ने
कसैलाई छिपछिपे कसैलाई सुख्खा
बेलाबेला मन लाग्छ हानिदिऊँ मुक्का।
कोही खाने प्रात: साथै कोही अलि ढिलो
कोही चाहिँ नखाईकन बन्छन् बोझिलो
दुई घण्टा लगाउँदा चार थोक पाक्छ
खाने पनि जादु जस्तो चमत्कार ठान्छ।
सोही खाना कसैलाई आहा!आहा! लाग्ने
सोही खाना कसैलाई आहा!नै नलाग्ने
विनाकाम पकाए झैँ त्यसै दिक्क जाग्ने
शक्तिशाली भएदेखि मन हुन्छ जाक्ने।
भान्सेको यो काम किन सानो जस्तो लाग्छ
लथालिङ्ग डामाडोल भएजस्तो लाग्छ
खानेलाई चित्तबुझ्दो खाना कैल्यै हुन्न
पकाएको खुसीसाथ खाए भान्से रुन्न।
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
View Comments
Thinking about trying out AE48888 as I found it on Aeum888.com. Lots of live casino games, maybe too many, haha! Anyone has a great experience? Take a peek here ae48888.