शोभा कोइराला
कसैलाई भुटी माम कसैलाई सादा
कसैलाई थोरै थोरै कसैलाई ज्यादा
बुझ्नुपर्छ भान्सेनानी यति सानो बाधा
एक मुठी पकाउँदा कत्ति हुन्न धावा।
कोही भन्छन् विलिनोले बनाउँछ हिरो
कोही भन्छन् नुन खोइ कतातिर हिँडो
कसैलाई चाम्रोचाम्रो कसैलाई गिलो
एउटालाई पिरो अर्कोलाई नपिरो।
कोही चाहिँ टमाटर अत्यधिक खाने
कोही उही टमाटर झिकी पर फाल्ने
कसैलाई छिपछिपे कसैलाई सुख्खा
बेलाबेला मन लाग्छ हानिदिऊँ मुक्का।
कोही खाने प्रात: साथै कोही अलि ढिलो
कोही चाहिँ नखाईकन बन्छन् बोझिलो
दुई घण्टा लगाउँदा चार थोक पाक्छ
खाने पनि जादु जस्तो चमत्कार ठान्छ।
सोही खाना कसैलाई आहा!आहा! लाग्ने
सोही खाना कसैलाई आहा!नै नलाग्ने
विनाकाम पकाए झैँ त्यसै दिक्क जाग्ने
शक्तिशाली भएदेखि मन हुन्छ जाक्ने।
भान्सेको यो काम किन सानो जस्तो लाग्छ
लथालिङ्ग डामाडोल भएजस्तो लाग्छ
खानेलाई चित्तबुझ्दो खाना कैल्यै हुन्न
पकाएको खुसीसाथ खाए भान्से रुन्न।
निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको…
कृष्णशरण उपाध्याय पौडेल बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे निल्छन् पीडा व्यथा गाह्रा ,…
नववर्ष२०८३को हार्दिक शुभकामना ......... गणेश आत्रेय मदनपोखरा,तानपा-९,पाल्पा थोत्रा पुराना चिज हेय मानिने। नौला नयाँ प्रेय…
माहेश्वरी भट्ट , कञ्चनपुर नयाँ वर्षको बिहान। रामप्रसादले पसलको सटर आधा खोलेर बाहिर हेर्यो। सहर…
पुण्यप्रसाद घिमिरे हेर काे पाे, आएछ, हाँसाे खुशी, ल्याएछ। चैतपछि, पुलुक्क, नयाँ वर्ष, झुलुक्क।। पात्राेबाट,…