बाशुदेव पाण्डे
सीमा भत्काउने कस्तो सभ्यताले छुँदै गयो
अहिले पर्वमा गर्व गर्न गाह्रो हुँदै गयो।
किन्दथ्यो देशले पानी चुलो, खाद्यान्न, इन्धन
उतैबाट किन्यौँ माला, पटाका, दीप, चन्दन।
विदेशी वस्तुले राम्रा बनाई मख्ख छौँ घर
अर्को तथ्य भलेका छौँ – हुँदै छौँ परनिर्भर।
बन्दैनन् फूलका माला फल्दैनन् फोर्न ओखर
पाला, दीपविना हुन्छन् झलमल्ल सबै घर।
मान्छे किन्छ सबैथोक हुनाले सुविधामुखी
हजारी फूलका थुङ्गा बोटमै झोक्रिए लुकी।
सजायो नक्कली माला भाल पोत्न रसायन
पोकामा माल ल्याएर डोकामा लगियो धन।
नटेकी घरको दैलौ, भैलो वा देउसी भनी
चन्दा उठाउँछौँ हामी बलिका दूत नै बनी।
नयाँ प्रयोग हो भन्दै भत्काएर सबै विधि
देखासिकी गरी हामी मास्दैछौँ पर्वका थिति।
बारीका फूल छाडेर किन्न थाले झिलीमिली
विस्तारै सभ्यता हाम्रो सिद्धिन्छ ढोँगले निली।
सिद्धिनेछन् सबैथोक एउटा एउटा गरी
सर्पका मुखको पाहा विस्तारै निलिएसरि।
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…