रीता मिश्रा तिवारी
भागलपुर बिहार

वि जीको बैठक कोठामा आज छलफलको विषय भोकमरी र बेरोजगारीको समस्या थियो। ढोकामा च्यातिएका लुगा लगाएको, आँखामा याचनाको भाव बोकेको १३-१४ वर्षको एउटा केटो उभिएको थियो। केटोलाई देखेपछि रविजीले आफ्नो घरको सहयोगी (कामदार) लाई सोधे, “के यो तिम्रो नजरमा भिखारी जस्तो देखिन्छ ..?” सजलले भने, “यसको गरिबीमा नजानुहोस्। ठग हुन् ठग… सालाहरू सोझो अनुहार बनाएर मानिसहरूलाई ठग्छन्…!” सचेत गराउने उद्देश्यले सजलले पुनः रविजीलाई भने, “अँ ध्यान दिएर हेर्नुहोस् बिचरालाई…!” केटाको अनुहारको चमक रवि जीले थाहा पाइसकेका थिए। “भिखारी जस्तो अनुहार बनाएर हिँड्नेहरू थुप्रै भेटिन्छन्। चोर-डाँका हुन्छन् यिनीहरू।” गम्भीरताको च्यादर ओढ्दै एक पटक फेरि सजलले भने। रविजीले केटालाई सोधे, “बाबु, पढ्ने उमेरमा किन भीख माग्छौ..? काम पनि गर्न सक्छौ नि, होइन..?” “भीख सजिलै पाइन्छ साहब, काम पाइँदैन…!” बालकले उत्तरमा भन्यो। “यदि काम पायौ भने के गर्छौ..?” “हजुर साहब, पक्कै गर्नेछु। मलाई सबै काम आउँछ…।” बालकको अनुहारमा एउटा चमक थियो। “मेरो भाइ..! यसको कुरामा नलाग, साला अनुहारबाटै चोर जस्तो देखिन्छ। हेर त, कसरी उफ्रि-उफ्रि भित्र चियाइरहेको छ…!” एक पटक फेरि आग्रह गर्दै सजलले भने। केटालाई काम गर्न तयार भएको देखेपछि रविजी गरिबहरूप्रतिको आफ्नो अनुभव र सिद्धान्तलाई व्यावहारिक रूपमा प्रमाणित गर्न मित्रहरूको कुरालाई बेवास्ता गर्दै उसलाई एउटा मौका दिन तयार भए। “राम्रो गर्नुभएन तपाईँले… घरको ठेगाना, जातभात केही नसोधी सिधै काममा राखिदिनुभयो।” सजलले अन्तिम तीर हाने। “मेरो अनुभवले भन्छ… चाँडै नै थाहा हुनेछ…। काम त गर्न दिनुहोस् बालकलाई…!” दुई दिनपछि रविजीले मित्रहरूका सामुन्ने केटाको नालीबेली खोलेर राखिदिए। कथा सुनेर मित्रहरू अचम्ममा परे..! सम्पन्न परिवारको उच्च कुलमा जन्मेको किशन, बुबाको मृत्यु हुनासाथ शक्तिशाली  परिवारका सदस्यहरूले आमा-छोरालाई घरबाट निकालिदिएका रहेछन्। स्वाभिमानी आमा कुनै आफन्तको ढोकामा नगई आफ्नै बलबुतामा मजदुरी गरेर जीवन धानिरहेकी थिइन्। मेधावी छात्र किशन सातौँ कक्षामा पढ्थ्यो। एउटा दुर्घटनामा आमाको दुबै खुट्टा गुम्यो। कामको खोजीले बालकलाई भिखारी बनाइदियो। “कसरी बाध्यता बनिदिन्छ भीख माग्न..! हरेक व्यक्ति चोर, डाँका, ठग र रहरले भिखारी बन्दैन। परिस्थिति र भोकले मजबुर बनाउँछ।” शालीनताका साथ किशन आएर चिया-खाजा टेबलमा राख्यो र नमस्ते गरेर गयो। “अब भन साथी, जिम्मेवार को..?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

12 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

13 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago