रीता मिश्रा तिवारी
भागलपुर बिहार

वि जीको बैठक कोठामा आज छलफलको विषय भोकमरी र बेरोजगारीको समस्या थियो। ढोकामा च्यातिएका लुगा लगाएको, आँखामा याचनाको भाव बोकेको १३-१४ वर्षको एउटा केटो उभिएको थियो। केटोलाई देखेपछि रविजीले आफ्नो घरको सहयोगी (कामदार) लाई सोधे, “के यो तिम्रो नजरमा भिखारी जस्तो देखिन्छ ..?” सजलले भने, “यसको गरिबीमा नजानुहोस्। ठग हुन् ठग… सालाहरू सोझो अनुहार बनाएर मानिसहरूलाई ठग्छन्…!” सचेत गराउने उद्देश्यले सजलले पुनः रविजीलाई भने, “अँ ध्यान दिएर हेर्नुहोस् बिचरालाई…!” केटाको अनुहारको चमक रवि जीले थाहा पाइसकेका थिए। “भिखारी जस्तो अनुहार बनाएर हिँड्नेहरू थुप्रै भेटिन्छन्। चोर-डाँका हुन्छन् यिनीहरू।” गम्भीरताको च्यादर ओढ्दै एक पटक फेरि सजलले भने। रविजीले केटालाई सोधे, “बाबु, पढ्ने उमेरमा किन भीख माग्छौ..? काम पनि गर्न सक्छौ नि, होइन..?” “भीख सजिलै पाइन्छ साहब, काम पाइँदैन…!” बालकले उत्तरमा भन्यो। “यदि काम पायौ भने के गर्छौ..?” “हजुर साहब, पक्कै गर्नेछु। मलाई सबै काम आउँछ…।” बालकको अनुहारमा एउटा चमक थियो। “मेरो भाइ..! यसको कुरामा नलाग, साला अनुहारबाटै चोर जस्तो देखिन्छ। हेर त, कसरी उफ्रि-उफ्रि भित्र चियाइरहेको छ…!” एक पटक फेरि आग्रह गर्दै सजलले भने। केटालाई काम गर्न तयार भएको देखेपछि रविजी गरिबहरूप्रतिको आफ्नो अनुभव र सिद्धान्तलाई व्यावहारिक रूपमा प्रमाणित गर्न मित्रहरूको कुरालाई बेवास्ता गर्दै उसलाई एउटा मौका दिन तयार भए। “राम्रो गर्नुभएन तपाईँले… घरको ठेगाना, जातभात केही नसोधी सिधै काममा राखिदिनुभयो।” सजलले अन्तिम तीर हाने। “मेरो अनुभवले भन्छ… चाँडै नै थाहा हुनेछ…। काम त गर्न दिनुहोस् बालकलाई…!” दुई दिनपछि रविजीले मित्रहरूका सामुन्ने केटाको नालीबेली खोलेर राखिदिए। कथा सुनेर मित्रहरू अचम्ममा परे..! सम्पन्न परिवारको उच्च कुलमा जन्मेको किशन, बुबाको मृत्यु हुनासाथ शक्तिशाली  परिवारका सदस्यहरूले आमा-छोरालाई घरबाट निकालिदिएका रहेछन्। स्वाभिमानी आमा कुनै आफन्तको ढोकामा नगई आफ्नै बलबुतामा मजदुरी गरेर जीवन धानिरहेकी थिइन्। मेधावी छात्र किशन सातौँ कक्षामा पढ्थ्यो। एउटा दुर्घटनामा आमाको दुबै खुट्टा गुम्यो। कामको खोजीले बालकलाई भिखारी बनाइदियो। “कसरी बाध्यता बनिदिन्छ भीख माग्न..! हरेक व्यक्ति चोर, डाँका, ठग र रहरले भिखारी बन्दैन। परिस्थिति र भोकले मजबुर बनाउँछ।” शालीनताका साथ किशन आएर चिया-खाजा टेबलमा राख्यो र नमस्ते गरेर गयो। “अब भन साथी, जिम्मेवार को..?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

टिफिन

इन्दु उपाध्याय हेलेम- मिसामारी,आसाम मध्याह्नको घण्टी बज्नासाथ सबै विद्यार्थीहरू आफ्ना टिफिन खोल्न थाले। कसैको बक्समा…

1 hour ago

खुशी

गीताश्री शर्मा गान्तोक, सिक्किम प्रदुषणमुक्त गाउँ शान्तिनगर जसलाई सूर्यको पहिलो किरणले छुनेगर्छ । सूर्यको पहिलो…

2 hours ago

“असार महिना”

रञ्जुश्री पराजुली खेतीको बेला आमा है रोपछिन् मकै र भटमास हरिया मकै रमाई खानछन् भनेर…

2 days ago

इमान्दार

तुलसी पण्डित हजुर मलाई एक रुपयाँ दिनु न। बाटो हिँडिरहेको एक केटाले हात पसार्दै भन्यो…

2 days ago

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

3 days ago

परिवर्तनको सुरुवात

इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…

3 days ago