Categories: कविता

“भोटेकोशीको उपद्रव”


गणेश आत्रेय
मदनपोखरा,पाल्पा

भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर।
बस्ती गाडी पुल सडक सबै ध्वस्त पारिस् मिचेर॥
मान्छे साथै घर नहर गुहा खेत बारी समस्त।
मासिस् सारा खल अभय बनी दुष्ट उन्मत्त मस्त॥

कैयौँ प्राणी तन मन धन ती मास्नमा मात्तिएर।
केही पुर्दै बगर डगरमा मस्किइस् पात्तिएर॥
माया श्रद्धा सरल सहजता भावना भक्ति भुल्दै।
मार्ने मर्ने कुलतरत भइस् कुर्लिइस् छाल हुल्दै॥

नेपालीको सहृदयपनको स्नेह सद्भाव नासी।
सोझा सच्चा नद-तट रहने जीव साम्राज्य मासी॥
उम्ली उफ्री अधिग्रहण गरी तीरका जीव-जन्तु।
भोटेकोशी किन भयमय भै’ पार्दछेस् इन्तुचिन्तु॥

कैयौँ विद्युत्-गृह कुहर पुरिस् ध्वस्त पारेर मासिस्।
उद्योगीका घर पसल हरी दम्भले खूब हाँसिस्॥
लज्जा फाली उधुम अधम भै’ गर्दछेस् नाच नङ्गा।
उफ्रीउफ्री अति निठुर बनी गर्न थालिस् विभङ्गा॥

यस्तो जाद्रो दुखद नबन भो’ सौम्य भै’ शान्ति देऊ।
हामीलाई अपरिमित मिठो स्नेह सद्भाव देऊ॥
सच्चा ज्ञानी प्रकृति प्रिय हुने दिव्य सन्देश देऊ।
भोटेकोशी सरल सुगम भै’ सिञ्चनाधार देऊ॥

मान्छे पर्यावरणतिरको ज्ञानमा ध्यान देऊ।
माया राखी खग पशु तरुमा स्नेहिलो साथ देऊ॥
आफैले नै प्रकृति विधि मिची निम्तिने कोप-ध्वान्त।
त्यागे बन्ला अवनितल सदा भव्य सौन्दर्य स्वान्त॥

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ को सुगन्धित स्मृति: मञ्च, साधना र जीवनको अनुभूति

ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…

9 hours ago

“श्रीकृष्ण आऊ !”

घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…

9 hours ago

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

2 days ago

“हाम्रो अधिकार”

धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…

2 days ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

2 days ago

कृष्ण जन्माष्टमी

रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…

2 days ago