घनश्याम रेग्मी
अन्यायको चिर्न चरक्क छाती
श्रीकृष्ण आऊ बलराम साथी
कर्तव्य शिक्षा मुरली स्वरेक
दीक्षा अनेकौँ अवतार एक ।।
लीला गरी गोकुल रम्य पार्यौ
भूभार हर्दै रिपु दुष्ट मार्यौ
कंसादिका चूर्ण गरी घमण्ड
यो लोकमा शान्ति छर्यौ अखण्ड ।।
श्रीकृष्ण तिम्रो हँसिलो मुहार
सङ्कष्टलाई गर लौ प्रहार
मुक्तावली शोभित वक्ष राम्रो
अल्झिन्छ आशा त्यससाथ हाम्रो ।।
लज्जा बचायौ द्रुपकी सुताको
पालो परेको अब लौ यताको
श्रीकृष्ण आऊ गिरि लौ उठाऊ
सङ्कष्ट हाम्रा सब पार लाऊ ।।
गीता महा ज्ञान दियौ अगम्य
हाम्रा तिमी पूज्य तथा प्रणम्य
मोहान्धका बादल चिर्नलाई
बाटो बताऊ पथ भ्रान्तलाई ।।
ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…
गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…
सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…
धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…
रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…