Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
“मङ्सिर” | सारथि बाल पत्रिका
Categories: कविता

“मङ्सिर”


गणेश आत्रेय
मदनपोखरा, पाल्पा

रसिलो याम शरद् गयो पर।
शठ हेमन्त स-यो यतै वर॥
अँटिलो कार्तिक गो’ उतातिर।
कँसिलो मङ्सिर भो’ यतातिर॥

छ धरा धान झुली रमाइलो।
कृषिकर्मीकन भो’ घमाइलो॥
सब स्याहार्न जुटे गरागरा।
मजुरा मानिस ती दह्रादह्रा॥

धनधान्यादिकमा किसान छन्।
मनले शान्ति खुशी विमान छन्॥
छ भकारी सबका टनाटन।
रुपियाँ दाम कतै गनागन॥

महिना लग्न जुराउने छ यो।
तरुना वा तरुनी मिलानको॥
वरका वा परका जुराउँछन्।
सब वैवाहिकमा रमाउँछन्॥

अति गाह्रो ठिहिरो भयो सुरु।
महिना शीत र हुस्सुको गुरु॥
कुन यो मङ्सिर मासझैँ अरू।
दुख वा सौख्य भनौँ म के बरु?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अँध्यारोका पाइला र सेतो छडी

रोजिना घिमिरे अँ, म हिँडिरहेछु… निरन्तर, निर्भीक र आफ्नै पदचापहरूको एउटा अमूर्त लयमा, जहाँ मेरो…

3 hours ago

उज्यालो

श्री पोखरेल धरान, सुनसरी “बुबा ! हाम्रो घरमा पनि यस्तै बत्ती बाल्ने हो नि ?”…

3 hours ago

स्वार्थी बावु

रेवतीरमण सापकोटा ओदालगढी,असम "तपाईँलाई थाहा छ आमा, हाम्रो यो सानो परिवारमा हामी चारजनाभित्र धेरै स्वार्थी…

3 hours ago

“साँच्चै भयो स्वर्णिम याे तराई”

इन्दिरा प्रयास बाला तरेली भरि झुल्झुलाई आयो शरद् फूल अहाे फुलाई सुम्पे छ सत्ता सब…

4 hours ago

बाल साहित्यको महा कुम्भ

  नेपाल बाल साहित्य समाजको आयोजना र भृकुटी सामुदायिक सिकाई केन्द्र को समन्वयमा ३१औ रास्ट्रीय…

5 hours ago

चरित्र

सुमन कडरिया चितवन रातको करिब बाह्र बजे सुनसान सडकको कुनामा मोटरसाइकल रोकेर मोबाइलमा कुरा गरिरहेको…

1 day ago