सुमन कडरिया
चितवन
रातको करिब बाह्र बजे सुनसान सडकको कुनामा मोटरसाइकल रोकेर मोबाइलमा कुरा गरिरहेको एउटा युवक नजिक पुगेर उसले सोधी -“दाइ, पठाउ हो ?”
“हो नि!”
“कोटेश्वरसम्म लगिदिनुहुन्छ ?”
“बस्नुस् न।”
मोटरसाइकल हुइँकियो। केही बेरको मौनतापछि रातको सन्नाटालाई चिर्दै युवकले सोध्यो, “तपाईँको नाम नि ?”
“निशा ! तपाईँको ?”
“रवि। नाम त रातजस्तै सुन्दर रहेछ!”
निशा हल्का मुस्कुराई।
“नाम सुन्दर भएर के गर्नु र ? जिन्दगी नै कुरूप छ मेरो।” उसले लामो सास तानी।
रविले ऐनाबाट उसको अनुहार नियाल्दै सोध्यो,
“के काम गर्नुहुन्छ ?”
“डान्स बारमा नाच्छु। रातभरि अरूलाई मनोरञ्जन दिनु मेरो काम हो।”
“किन राति मात्रै ?”
“दिनमा त समाजको नजरबाट लुकेर बस्नुपर्छ नि !”
“किन र ?”
निशा केही बेर मौन रही। त्यसपछि ओठमा व्यङ्ग्यात्मक मुस्कान ल्याउँदै भनी-“रातमा मेरो नाच हेरेर लठ्ठिँदै ताली बजाउनेहरू नै दिउँसो मलाई चरित्रहीन भन्छन्।”
शोभा कोइराला हिजै शरद्काे सकिएर राज हेमन्तकाे हुन्छ प्रवेश आज ।। वसन्तको हालत हुन्छ यस्तै…
केशव नेपाल ‘नील’ बलेफी -८, लामोसाँघु ,सिन्धुपाल्चोक "आज फेरि कसैको पसल उठाइएछ नि !”…
नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर एउटा सानो गाउँ थियो, गाउँमाथि हरियो वन, खोलो गाउने मीठो गीत,…
महेन्द्र नेउपाने लोकन्थली,भक्तपुर आज भाइटिकाको दिन। बिहानै उठेर ड्रइङ रुमको सोफामा बसेको थिएँ। आँखा सिधै…