शोभा कोइराला
हिजै शरद्काे सकिएर राज
हेमन्तकाे हुन्छ प्रवेश आज ।।
वसन्तको हालत हुन्छ यस्तै
जाडो र प्यारो ऋतुमा छ ताज ।।
खुसी हुँदै झन् सुरूआतमा नै
ठण्डा गराए पनि हुन्न लाज ।।
हेमन्तको स्वाद रहेछ यस्तो
चिसो छ आजै सुरुमै छ बाज ।।
छ घाम घट्दो धरती तलामा
हिंड्दैछ आफ्नै गतिले समाज ।।
देखिन्छ चारैतिरबाट हुस्सु
तथापि चङ्गासरि छन् जहाज ।।
गर्मी कटाईकन ढुक्क पर्दै
बुझेर आयो कुहिरो मिजाज ।।
बसाइँ सर्ने दिन आज पाई
हेमन्त भेट्दै पदवी विराज ।।
केशव नेपाल ‘नील’ बलेफी -८, लामोसाँघु ,सिन्धुपाल्चोक "आज फेरि कसैको पसल उठाइएछ नि !”…
नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर एउटा सानो गाउँ थियो, गाउँमाथि हरियो वन, खोलो गाउने मीठो गीत,…
महेन्द्र नेउपाने लोकन्थली,भक्तपुर आज भाइटिकाको दिन। बिहानै उठेर ड्रइङ रुमको सोफामा बसेको थिएँ। आँखा सिधै…