अम्बिका धिताल
कमलविनायक भक्तपुर
“यसपालि दशैँ कस्तो हुने हो ?” बुबाले साँझपख आँगनमा धुवाँसँगै उठेको स्वास फ्याँक्दै सोध्नुभयो।
छोराले हाँसोको नक्कली आवरण भिर्दै भन्यो, “दशैँ त पुरानै हो बुबा, तर बजार नयाँ जस्तो छ। भाउ सुन्दा कान टालिन्छ, सामान देख्दा आँखा अघाउँदैन ।”
“दशैँमा बोका नपुगेर बाख्रा काट्ने दिन आयो कि के हो?” आमाले भनिन्। उनीहरूको स्वरमा उत्सव भन्दा बढी चिन्ता टाँसिएको थियो।
त्यतिबेला घरको कुनामा चुपचाप बसिरहनुभएका हजुरबुबाले भन्नुभयो , “अहो ! हाम्रो बाल्यकालमा दशैँ आएपछि गाउँ रमाइलो हुन्थ्यो, अचेल त बजार रमाउँछ, मान्छेको मन खल्लो ।”
छोरीले चप्पल समाउँदै भनिन्, “दशैँ भनेको खुशी बाँड्ने हो रे, तर किन यो वर्ष हामीलाई रमाइलो भएको छैन?”
हजुरबुबाले थप्नुभयो, “संसारका सबै कुरा पैसाले तौलिन थाल्दा, दशैँको रौनक हरायो । पहिला जहाँ मन त्यहाँ धन भन्थे तर अचेल जहाँ धन त्यहाँ मात्र मन भएको छ ।”
सबै चुप थिए । अचानक टाढाबाट सुनियो, “दशैँ त चाड हो कि चाल ?” सबैका कान उतै थिए । पुन : आवाज आयो,
“दशैँ महङ्गो भएको हो कि हामी नै सस्तो भयौँ ?”
दुर्गा वनवासी एउटी गरिव, विधवा आमाले एकपटक आफ्ना छोराछोरीहरुका लागि एउटा मात्र गुडिया किनिदिएर मिलेर…
पुण्यप्रसाद घिमिरे दाेलखा तलबाट दशैँ आउँदैछ, ममाथि जाँदैछु मसला चामल तेल, डाेकामा लाँदैछु। बाबा परदेश…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर-६, दाेलखा सिकामा काँक्राे छैन उखुकाे लाँक्राे छैन, टालटुल माटाे न कमेराे मकैकाे…