Categories: कविता

“मास्कको प्रयोग”


बिन्दु पौड्याल वस्ती
भरतपुर-२, चिवन

मौन पहरेदार भएर
नाक र मुखलाई छोपेर
अदृश्य शत्रु हटाउँदै
रोगबाट सब बचाउँदै

मास्क लाउन नडराऊ
यो हाे ज्ञानको चिनारी
अनुशासन र जिम्मेबारी
युवाको सहित तयारी

तिम्रो सानो सावधानीले
ठूलो सङ्कट टार्दछ
तिम्रो सचेत कदमले
सिँगो समाज जोगाउँछ

स्वार्थभन्दा माथि उठौँ
सबले मास्क लगाऔँ
आफ्नो सुरक्षा त हुँदै हो
सुन्दर समाज निर्माण गरौँ

नाक र मुख ढाक्नेलाई
भन्छन् साथी हेल्लो हाई
चल्ती नाम यसको मास्क
छेक्छ बाहिरै दुषित सास

नेपालीमा मुखौरो रहेको
दुवैको एउटै काम भएको
बनाउन घरमै पनि सकिने
बिक्री गरी पैसा नि कमाउने

बाध्यता होइन कल्याण
बसाल्छ असल सँस्कार
छैन गाह्रो किनी लाउन
गाउँ सहर सुपतामा पाउन।

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

19 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

19 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

19 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago