Categories: बाल कथा

“मित्र”


श्यामप्रसाद श्रेष्ठ
हेटौडा,चौघडा

“ओहो, मित्र उदार ! कुनै खबरै नदिई विदेशबाट कहिले आयौ ?” मैले उत्साहित हुँदै सोधेँ।
“म हिजो मात्र आएको हुँ नि। अहिले घरबाट हिँडेर आउँदा असाध्य भोक लागिसक्यो। धेरैपछि भेट भयो, आज त केही मिठो खानेकुरा खुवाउँछस् होला नि ?” उसले सोफामा बस्दै निसंकोच भन्यो।
“हो नि! धेरै पछि भेट भएको मित्रलाई किन नखुवाउने ? खसीको मासु-भात खुवाउँछु,” मैले तुरुन्तै भनेँ। “धन्यवाद, साथी!” उसले खुसी हुँदै थप्यो, “अनि तँ कहिले आउँछस् मेरो घरमा ?”
विदेशबाट आएको मित्र आज खाली हातै आए पनि उसले घरमा बोलाएको कुराले मन पुलकित भयो। आज मासु भात खुवाएर राम्रो नै गरेछु भन्ने लाग्यो। मित्रको नाम मात्र उदार होइन रहेछ, ह्रदय पनि उदार भावनको रहेछ। भोलि त पक्कै केही उपहार पाइन्छ, सँगै मिठामिठा परिकार पनि खान पाइएला भन्ने कल्पनाले मन लोभियो। थुक निल्दै मैले हतारिएर भनेँ, “भोलि बिहान सबेरै आउँछु नि !”
मित्र झन् प्रसन्न भयो। मुहारभरी आशा पोत्दै उसले भन्यो, “साथी, धेरै राम्रो ! आउँदा मलाई के-के उपहार ल्याइदिन्छस् त ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

17 hours ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

17 hours ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

17 hours ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

2 days ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

2 days ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

2 days ago