रमेशचन्द्र घिमिरे
जङ्गलबाट आत्तिँदै छोरो घर आयो
बाबासँग उसले एउटा ठुलै गफ लायो
‘आज मैले देखेँ बाबा बाघ जत्रो मुसो’
बाले भने, ‘फेरि भन देख्यौ कत्रो मुसो ?’
यसो भन्दा बाको थियो डाँको अलि चर्को
डराएर त्यो छोराले दियो उत्तर अर्को
‘बाघ जत्रो थिएन बा कुकुर जत्रो थियो’
बाले चर्को स्वरमा भने, ‘मुसो कत्रो थियो ?’
बाले यसो भनेपछि छोरो अलि थर्क्यो
आत्तिएर त्यो छोराले दियो उत्तर अर्को
‘कुकुर हैन बिरालाको आकार हुन्छ जत्रो
मैले देख्या मुसो चाहिँ थियो बाबा त्यत्रो’
पालै-पालो बाको प्रश्न आयो लर्कै-लर्को
पल्टैपिच्छे भन्यो उसले उत्तर अर्को-अर्को
त्यो छोराले अब भने सही उत्तर दियो
‘मुसो जत्रै थियो तर अल्लि ठुलो थियो’
चित्त बुझ्दो उत्तर पाए अनि काखमा लिए
`स्याबास्´ भन्दै बाले उसलाई चकलेट खान दिए।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…