पुण्यप्रसाद घिमिरे
दाेलखा
तलबाट दशैँ आउँदैछ, ममाथि जाँदैछु
मसला चामल तेल, डाेकामा लाँदैछु।
बाबा परदेश भासिए, आमा मेला पात,
कखरा सम्झदैछु हिंड्दै, पसिनाका साथ।
एकपाेकामा नून छ, अर्काे पाेका नाना,
दशैँ आयाे खाउँलाकाे,गाउँदैछु गाना।
भारी बाेकेर उकाली चढ्नलाई कठिन,
म सानाे पुन्टे बालक, धेरै बाेक्न सक्दिन।
बहिनी हेर्दै हाेली बाटाे, दादा आउ भनेर,
आमाले ढिंडाे दिन्थिन् बाबु खाउ भनेर।
बाबाले नि संझेहाेलान्, लाला बाला र घर,
संझी आँसु खस्याे हाेला, गएकाछन् परपर।
छिमेकी ठुले काकुले, लिङ्गे ठड्याए हाेलान्
डाेरी झुण्ड्याई पिङ, काम्टा अड्याए हाेलान्।
भरे बेलुकासम्म त, पुग्छु हाेला म घर,
तिम्राे के छ दशैँ साथी, मेराे यस्तै खबर।
दुर्गा वनवासी एउटी गरिव, विधवा आमाले एकपटक आफ्ना छोराछोरीहरुका लागि एउटा मात्र गुडिया किनिदिएर मिलेर…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर-६, दाेलखा सिकामा काँक्राे छैन उखुकाे लाँक्राे छैन, टालटुल माटाे न कमेराे मकैकाे…