रोजिना घिमिरे
म एक सेतो छडी हुँ। मेरो लामो शरीरले एउटा यस्तो मानिसको जीवन बोकेको छ, जसले संसारको प्रकाश नदेखे पनि मनको ज्योतिले अन्धकारलाई जित्यो। तिम्रो संसारका लागि म सहायक उपकरण मात्र हुँला, तर उसको लागि म आँखा, आत्मविश्वास र अस्तित्व हुँ।
शुरुका दिनमा ऊ मलाई समात्न डराउँथ्यो, लजाउँथ्यो। तर मेरो टुप्पोको ‘ट्याक-ट्याक’ आवाज उसको स्वतन्त्रताको धुन बन्यो। सडकको कोलाहल र मानिसहरूको उदासीनताका बीच म उसको रोदनको साक्षी र निजी डायरी भएँ। म दया होइन, शक्तिको प्रतीक हुँ; बाटोका खाल्डाखुल्डी र अवरोध औंल्याउने उसको इन्द्रियको विस्तार हुँ।
आज ऊ उच्च सरकारी ओहोदामा पुग्दा अन्तर्राष्ट्रिय मञ्चमा मलाई स्वाभिमानको प्रतीकका रूपमा उभ्यायो। म खिइँदै जाउँला, तर हाम्रा चोटका दागहरू साझा सङ्घर्षका पदक हुन्। हामी एकअर्काका परिपूरक हौं। म उसको दृष्टि हुँ, ऊ मेरो अर्थ हो। उसको जीवनको अन्धकारमा म अविचल आशाकोज्योति बनेर सदा उसको साथमा रहनेछु।
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…
आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…