Categories: बाल कथा

म छु नि उसको


रोजिना घिमिरे

म एक सेतो छडी हुँ। मेरो लामो शरीरले एउटा यस्तो मानिसको जीवन बोकेको छ, जसले संसारको प्रकाश नदेखे पनि मनको ज्योतिले अन्धकारलाई जित्यो। तिम्रो संसारका लागि म सहायक उपकरण मात्र हुँला, तर उसको लागि म आँखा, आत्मविश्वास र अस्तित्व हुँ।
शुरुका दिनमा ऊ मलाई समात्न डराउँथ्यो, लजाउँथ्यो। तर मेरो टुप्पोको ‘ट्याक-ट्याक’ आवाज उसको स्वतन्त्रताको धुन बन्यो। सडकको कोलाहल र मानिसहरूको उदासीनताका बीच म उसको रोदनको साक्षी र निजी डायरी भएँ। म दया होइन, शक्तिको प्रतीक हुँ; बाटोका खाल्डाखुल्डी र अवरोध औंल्याउने उसको इन्द्रियको विस्तार हुँ।
आज ऊ उच्च सरकारी ओहोदामा पुग्दा अन्तर्राष्ट्रिय मञ्चमा मलाई स्वाभिमानको प्रतीकका रूपमा उभ्यायो। म खिइँदै जाउँला, तर हाम्रा चोटका दागहरू साझा सङ्घर्षका पदक हुन्। हामी एकअर्काका परिपूरक हौं। म उसको दृष्टि हुँ, ऊ मेरो अर्थ हो। उसको जीवनको अन्धकारमा म अविचल आशाकोज्योति बनेर सदा उसको साथमा रहनेछु।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

1 hour ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago