उद्धव प्याकुरेल उद्भाव
आउ साथी गीत गाउँदै दौडी खेलौँ न
भकुन्डोलाई गुडाउँदै पास गरौँ न
साना साना ढुङ्गा खोजी गट्टा खेलौँ न
हा हा हु हु रमाउँदै ठठ्ठा खेलौँ न ।
रमाइलो कति कति लुकामारी खेल
चुङ्गी खेल्दा कत्ति पनि नगरौँ है झेल
सिन्का लुकाइ खेलौँ अनि माटो थुपारी
विहे खेल झन रमाइलो खेलौँ सुपारी
बागचाल खेल खेल्दा बाघ थुनियो
बाख्रा हाँसे बाघचाहिँ रोको सुनियो
डाँडाभित्र लुकी घाम कता गएछ
भाँडाकुटी खेल्दा खेल्दै साँझ भएछ ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…