Categories: विविध

ललितपुरमा आयोजित उपत्यकाव्यापी बालकथा लेखन कार्यशाला समापन भएको छ

पुस ४-५-६ र ७-८-९ गते ललितपुरको पाटन संग्राहलयमा आयोजना गरिएको दुई चरणको उपत्यकाव्यापी बालकथा लेखन कार्यशाला हिजो समापन गरिएको छ ।
समापन कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रमको अध्यक्षता नेबासासका उपाध्यक्ष विजयराज न्यौपाने गर्नुभएको थियो ।


यस्तै, अतिथिहरुमा साझा प्रकाशनका अध्यक्ष शेखर गिरी, प्रमुख मदन पुरस्कार गुठी तथा वरिष्ठ पत्रकार कनकमणि दिक्षित, नेबासास अध्यक्ष तथा प्रमुख प्रशिक्षक विजयराज आचार्य, ललितपुर महानगरपालिकाकी सामाजिक शाखा प्रमुख सरिता महर्जन, नेबासास सचिव भानु भट्टराई, महानगर प्याब्सनका अध्यक्ष अर्जुन महर्जन, नेबासास कार्यसमिति सदस्यहरु समन श्रेष्ठ र क्रान्ति पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पाटन संग्राहालय अफिसर सुरेशकुमार लाखेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
पाँच जना बालबालिकाले कार्यशालमा लेखिएका बाल कथा वाचन गर्नुभएको थियो भने पाँचै जनाले कार्यशालाको अनुभव बाँड्नु भएको थियो ।
कार्यक्रममा मोनिता गुरुङले धन्यवाद ज्ञापन गरी कार्यक्रमका अध्यक्षबाट सभा समापन गरिएको थियो ।

सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

17 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

17 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

2 days ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

4 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

4 days ago