Categories: कविता

“विद्यार्थी हामी”

शुक्रराज कुँवर

विद्या नै हो ज्ञानको ज्योति उज्यालो छर्ने जगतमा
विद्या जति बाँढ्यो बढ़दछ ज्ञान जान्न खेर फगतमा
विद्यार्थी हामी ज्ञानका भोका लक्ष्याई पहिल्याउँछौँ
फुर्सत समय खेर फाल्ने होईन काममा लगाउँछौँ ।।

शस्त्र रहेझ विद्या , पटमूर्ख अज्ञानीलाई विद्वान बनाउने
मूर्ख कालिदास महाकवि बने विद्या नै हो जगत चिनाउने
विद्यार्थी हामी राष्ट्रका कर्णधार भार छ काँधमा
सिकेर ज्ञान देशको खतिर जुटनेछौँ एक साथमा ।।

गुरु हुन देवता सरी,पाठशाला सरस्वतीको देवालय
पुज्य हुन्छन् गुरु र विद्या,अनादर गरे सर्वस्व विलय
विद्यार्थी हामी गुरुका भक्त दिन्छन् शिक्षा वरदान
त्यागेर कुमार्ग, सुमार्गमा हिड़छौँ देशलाई वलिदान ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“वसन्त”

देव भट्टराई रनवन हरियाली लाग्छ आयो वसन्त । विपुल विमल छायो फूल फुल्दा अनन्त ।।…

8 hours ago

गीत

दुर्गा घिमिरे विद्यालयमा हरेक शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन हुने गर्थे। त्यो हप्ताको कार्यक्रम गीत…

8 hours ago

“न्याय”

लक्ष्मी रेग्मी खनाल वालिङ् स्याङ्जा आमा म टिउसन सकेर फर्किएकी थिएँ। त्यहि बेला मेरा कक्षाका…

9 hours ago

शिक्षा

राजन् कार्की पाजु धरान सुनसरी सरला पति लाई चिया थमाउँदै भन्दै थिईन्" लहै, आज छोरोलाई…

1 day ago

“जन्म घर”

रामचन्द्र ढकाल सानो सानो बुकुरो ढुङ्गे छानो चुचुरो हुर्की खेली बढेको कख गघ पढेको! तेते…

1 day ago

भक्ति

अम्बिका धिताल कमलविनायक भक्तपुर “ए दाइ, आज मन्दिरमा यस्तो भिड किन हो ?” टिनको छानामुनि…

1 day ago