Categories: कविता

“विद्या प्रदाता”

शोभा कोइराला

छन्द:- विधाता

तिमी विद्या प्रदाता हौ तिमी नै ज्ञान सारा हौ
छु अत्यन्तै म अज्ञानी दिलाऊ ज्ञान धारा लौ
तिमी नै शारदा माता तिमी वीणा तिमी गीता
तिमी विद्या तिमी देवी तिमी ज्ञानी तिमी माता।

म बालूँ दीप वाग्देवी पुजारी हूँ सधैँ यस्तो
सजाऊँ पुष्प मालाले तिमी धाऊँ सधैं जस्तो
म गाऊँ गीत वाग्देवी भवानी नाम लूँ नित्य
पुकारूँ नाम वाग्देवी भवानी शारदा दिव्य ।

विधाता ज्ञानकी देवी खुलाऊ नेत्र मेरा लौ
नहूँ सङ्कीर्ण वाग्देवी बगाऊ द्वेष मेरा लौ
तिमी नै चन्द्रघण्टा हौ तिमी नै भारती मेरी
कृपा गर्दै तिमी आऊ न वीणावादिनी मेरी ।

तिमी पीयूष वर्साऊ म आशिर्वाद माग्दैछु
तिमी सामू झुकी माता म झोली हात थाप्दैछु
जडेको त्यो सिताराझैं मलाई पूर्ण चम्काऊ
गरूँ आराधना माता ममा सद्भक्ति फर्काऊ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“वसन्त”

देव भट्टराई रनवन हरियाली लाग्छ आयो वसन्त । विपुल विमल छायो फूल फुल्दा अनन्त ।।…

18 hours ago

गीत

दुर्गा घिमिरे विद्यालयमा हरेक शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन हुने गर्थे। त्यो हप्ताको कार्यक्रम गीत…

18 hours ago

“न्याय”

लक्ष्मी रेग्मी खनाल वालिङ् स्याङ्जा आमा म टिउसन सकेर फर्किएकी थिएँ। त्यहि बेला मेरा कक्षाका…

19 hours ago

शिक्षा

राजन् कार्की पाजु धरान सुनसरी सरला पति लाई चिया थमाउँदै भन्दै थिईन्" लहै, आज छोरोलाई…

2 days ago

“जन्म घर”

रामचन्द्र ढकाल सानो सानो बुकुरो ढुङ्गे छानो चुचुरो हुर्की खेली बढेको कख गघ पढेको! तेते…

2 days ago

भक्ति

अम्बिका धिताल कमलविनायक भक्तपुर “ए दाइ, आज मन्दिरमा यस्तो भिड किन हो ?” टिनको छानामुनि…

2 days ago